Skip to content
LAXMI SUNRISE BANK

फेरि युद्धमा फर्कने बैद्यको धम्की

अर्थ सरोकार



  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर –  सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा आज विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानी गर्दै  नेकपा माओवादी क्रान्तिकारी का अध्यक्ष मोहन बैद्यले फेरि युद्धमा फर्कने धम्की दिएका छन् ।
 वैद्यले देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माणका लागि दवाव सृजना गर्ने त्यस्तो नभए पुनः युद्धमा जाने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार विदेशी शक्तिको इसारामा वनेकाले राष्ट्रिय हितमा काम गर्न नसक्ने टिप्पणी गरेका छन् ।

वैद्यले भने, ‘कुनै सरकार परिवर्तनका लागि विदेशी शक्तिको हात रहन्छ भने यस्ता सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न सक्दैन अहिलेको गठवन्धन सरकारको अवस्था पनि उही हो यो सरकार वाट गुणात्मक कामको अपेक्षा गर्न सकिँदैन ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK