×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगरकोट जाने गाडीमा अचाक्ली लुट, किन दिइदैन विद्यार्थी परिचयपत्रको छुट ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

नगरकोट जाने गाडीमा अचाक्ली लुट, किन दिइदैन विद्यार्थी परिचयपत्रको छुट ?

Artha Sarokar

४ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 


भक्तपुर – कमलविनायकबाट नगरकोट जाने गाडीमा  लुट हुने गरेको तथ्य फेला परेको छ । कमलविनायकबाट नगरकोट जाने गाडीमा विशेषगरी शुक्रबार विद्यार्थी छुट नदिने गरेको तथ्य बाहिर आएको छ । अत्याधिक भीड भएकाबेला शुक्रबार र सार्वजनिक बिदाको दिन विद्यार्थी कार्ड चल्दैन भन्दै कार्डको छुट नदिने गरिएको सरोकारवालाहरुको गुनासो छ । 
यस्तो छ विद्यार्थीको पीडा 
नगरकोटबाट भक्तपुर पढ्न आउने सुमन कर्माचार्य जहिले पनि शुक्रबार गाडीका सहचालकसँग बहस गर्छन् । कुरा अड्किन्छ, विद्यार्थीको परिचयपत्रका आधारमा दिने छुटमा । ‘अरु दिन कुनै किचकिच हुँदैन शुक्रबार आएपछि जहिले झगडा गरेर मात्र छुट पाइन्छ ।  ‘ अर्थ सरोकार डटकमसँगको कुराकानीमा उनले भने । उनीमात्र होइन शुक्रबारको बाहानामा विद्यार्थी छुट नपाउने गरेको गुनासो धेरैको छ । 
किन दिइदैन शुक्रबार छुट ?
विशेषगरी शुक्रबार नगरकोट जाने आन्तरिक पर्यटकको संख्या निकै नै बढी हुने हुनाले पनि गाडीहरुले विद्यार्थी छुट नदिने गरेको सरोकारवालाहरुको भनाइ छ । ‘यसले गर्दा शुक्रबार कलेजबाट फर्किएकाहरु मर्कामा पर्ने गरेका छन् । शनिबार विद्यार्थीलाइ छुट नदिने भनेको विदाको दिन भन्ने तर्क हुन सक्ला तर शुक्रबार नै यस्तो हुनु राम्रो होइन ।  अझ विद्यार्थी बह्नेको त विद्यार्थी हो नि ।  उसलाई त सधैं छुट दिनुपर्छ ।’ एक अर्का यात्रीले अर्थ सरोकार डटकमलाइ सुनाए ।  उनका अनुसार नगरकोटमा पर्यटकमात्र जान्छन् वा जो जान्छन् रमाइलो गर्न मात्र जान्छन् भन्ने भ्रमछ सहचालकसँग । त्यसैले यस्तो मनपरी चल्ने गरेको उनको भनाइ छ ।  
के भन्छन् यातायात् व्यवसायी ?
यता यातायात व्यवसायी संघका प्रतिनिधिहरुले भने विद्यार्थी छुट दिनुपर्ने र उजुरी परेको खण्डमा यसरी छुट नदिने यातातात व्यवसायीहरुलाई कारवाही गरिने दावी गर्छन् ।  केहि चालाकहरुले आफुहरुले विय्दार्थी छुट दिने गरेको बताउँछन् । तर यता केहि चालकहरुले भने कलेज जाने र फर्कने विद्यार्थीहरुलाई मात्र  छुट दिने गरेको स्वीकार्छन् । ‘एक रातमा ५००० बढी खर्च गरेर रमाइलो गर्न जाने अनि भाडामा केहि रुपैयाँको छुट मागेर हुन्न नि त !’ एक चालकले अर्थ सरोकार डटकमसँग गुनासो पोखे ।  
तर कानुन मिच्ने जो कोहीलाई पनि कारवाही हुनुपर्छ ।  पछिल्लो समयमा बजार अनुगमनले तीब्रता पाइरहेका बेला यतातर्फ पनि सम्बन्धित निकायको ध्यान जान्छ कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी