Skip to content
LAXMI SUNRISE BANK

नक्कली डाक्टरलाई रोके प्रचण्डले !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानविनमा रहेका डाक्टरलाई बिरामी जाँच गर्नबाट रोक्न निर्देशन दिएका छन् ।



राष्ट्रिय मिडियामा नक्कली साबित भएका डाक्टरले बिरामी जाँचिरहेको खबर आएपछि आइतबार बिहान स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनमार्फत्  प्रधानमन्त्रीले उनीहरुलाई तत्काल बिरामी जाँच्नबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ। 

उनले  भने, ‘तपाईंले तत्काल ती डाक्टरहरुलाई मेडिकल काउन्सिलबाट निलम्वन गरी बिरामी जाँच्नबाट रोक्नुहोस् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चनाखो भएर काम गर्नुस् ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK