×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिजार्ज कार्डमा दिनभर समस्या बनाएर नेपाल टेलिकममा नीतिगत भ्रष्टाचार ! भित्रभित्रै यस्तो खेल ?

PRIME CA

रिजार्ज कार्डमा दिनभर समस्या बनाएर नेपाल टेलिकममा नीतिगत भ्रष्टाचार ! भित्रभित्रै यस्तो खेल ?

२४ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन सकेन । नेपाल टेलिकमले एक बिज्ञप्ति जारी गर्दै प्राविधिक त्रुटीका कारण यस्तो भएको जानकारी दियो ।  नेपाल टेलिकमले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै शनिवारदेखि कम्पनीको एनटी रिचार्ज सिस्टम अपग्रेड गर्ने क्रममा एनटी रिचार्ज कार्डमार्फत हुने रिचार्ज (*412*Pin Code#  र1412 IVR मार्फत) मा प्राविधिक समस्या उत्पन्न भएको बताउँदै उक्त समस्या समाधान भइसकेको भनी जानकारी दियो । तर यसरी सेवा अवरुद्ध गर्नुका पछाडीका कारणहरु अरुनै हुन सक्ने शंका गरिएको छ । स्रोतका अनुसार सिष्टम अपग्रेड गर्दा समस्या नआएको र नेपाल टेलिकमको सेवा कमजोर देखाएर ‘अरु नै माष्टर प्लान’ भइरहेको बताएको छ ।
सिष्टममा समस्या आउने पूर्व जानकारी किन दिइएन ?
सामान्यतया सिष्टम अपग्रेडमा समस्या आउने भए त्यसको जानकारी सम्बन्धित अधिकारीहरुलाई हुन्छ । स्रोत भन्छ, ‘नेपाल टेलिकममा एक से एक’ इन्जिनियरहरु पनि छन् । सिष्टम अपग्रेड हुँदा आउन सक्ने समस्याहरुमा उनीहरु जानकार हुन्छन् । तर टेलिकममा सामान्य रुपमा बुझिन सक्ने यो तथ्यलाई पनि बंगाउने प्रयास गरिएको छ ।’ विभिन्न टेलिकम कम्पनीहरुमा सिष्टम अपग्रेड गर्दा देखिन सकिने सामान्य समस्याबारे जानकारी दिइने गरिन्छ । यसअघि पनि नेपाल टेलिकमले पनि यस्तो पूर्व जानकारी दिएको थियो ।
नीतिगत भ्रष्टाचार हो : टेलिकमकै कर्मचारी 
नेपाल टेलिकमभित्रकै एक कर्मचारीले यसलाई नीतिगत भ्रस्टाचार भनेका छन् । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारी भन्छन्, ‘अचम्म छ, टेलिकमले सिष्टम अपग्रेड हुँदा समस्या आयो भनिदियो, जनताले पत्याईदिए । टेलिकमकै नुन खाने मिडियाहरुले यसको कुरा उठाएनन् । तर यो नीतिगत भ्रष्टाचार हो ।’ उनी अगाडी भन्छन्, ‘सिष्टममा समस्या देखिन सक्ने पूर्व जानकारी टेलिकमका इन्जिनियरहरुलाइ राम्रोसँग हुन्छ । यसअघि पनि टेलिकमले नै यस्तो जानकारी आम नागरिकसमक्ष राखेको थियो । यसपाली भित्र भित्रै पाकेको ‘खिचडी’ बेग्लै छ । टेलिकमलाइ ध्वस्त बनाएर संस्थालाई निजीकरण गराउने प्रयास गरिएको छ ।
 
समस्याको प्राविधिक कारण किन बुझाइएन ?
टेलिकमले बिज्ञप्ति निकालेर भनेको छ, ‘एनटी रिचार्ज कार्डमार्फत हुने रिचार्ज (*412*Pin Code#  र1412 IVR मार्फत)माा प्राविधिक समस्या उत्पन्न भएका कारण रिचार्ज हुन सकेन ।’ तर त्यसको खास प्राविधिक कारण किन जनतासामु ल्याइएन भन्ने अर्को प्रश्न छ । ‘ पूरै दिन सेवा अवरुद्ध हुँदा नेपाल टेलिकमले किन जनतालाई स्पष्ट जवाफ दिन सकेन ? प्राविधिक कारण के हो ? प्राविधिक समस्या के हो ? प्रवाधिक भाषामा समस्या यस्तो भएको हो भनेर किन भन्न सक्दैन टेलिकम ? प्राविधिक समस्या आउन सक्ने जनाकारी थिएन त्यहाँका इन्जिनियरहरुलाई ? थियो भने किन जनाकारी गराइएन ? थिएन भने किन विना रिसर्च त्यसरी सिष्टम अपग्रेड गरियो । यस्तो समस्या हुन सक्छ है भनेर किन जनतालाई खबर गरिएन त ? यो सब नाटक हो ।’ स्रोतले भन्यो ।
टेलिकमको एमडी को बन्ने राजनीतिले पनि प्रभावित बनायो :
स्रोत अगाडी भन्छ, ‘नेपाल टेलिकममा नयाँ  प्रबन्ध निर्देशक आउने कुरा छ । यसमा टेलिकमका हालका एमडी बुद्धि प्रसाद आचार्य पुन : प्रबन्ध निर्देशक बन्ने दाउमा छन् । उनलाई फ्लप खुवाउन समेत यस्तो योजना बनाइएको छ ।  रिजार्जमा समस्या देखाएर, हालका प्रबन्ध निर्देशकको कार्य अक्षमता देखाउने र त्यहि कुरालाई राजनीतिकरण गर्दै टेलिकमको प्रबन्ध निर्देशकको पद आफु खाने रणनीतिमा टेलिकमभित्र कै एक गिरोह लागेको छ । केहि दिनअघि रामेश्वर थापाले सिजी टेल किन्नु, यहिबेला एनसेल विभिन्न कानुनी लफडामा पर्नु र नेपाल टेलिकमलाइ कमजोर देखाउनु र केहिसमय अगाडीमात्र टेलिकम कम्पनीहरुको मर्जर नीति आउनुलाइ केलाएर हेर्ने हो भने नेपाल टेलिकम भित्रको यो नीतिगत भ्रष्टाचार स्पष्ट हुन्छ ।  ‘
एक दिनमै करोडौं रुपैयाँको घाटा !
दैनिक हुने रिचार्जको औसतमा १ सयको रिचार्जलाई आधार मान्दा पनि २ दिनको अवधिधमा १४ करोड रुपैयाँबराबरको रिचार्ज हुन नपाएको टेलिकम आफैंले  जनाएको छ । टेलिकमका सहप्रवक्ता डिल्लीप्रसाद अधिकारीका अनुसार रिचार्ज कार्डमार्फत दैनिक औसत ७ लाखपटक रिचार्ज हुने गरेको छ । टेलिकमका ग्राहकले प्रतिव्यक्ति प्रतिमहिना औसतमा २ सय ५० रुपैयाँसम्म खर्च गर्ने गरेका छन् ।
प्राविधिक समस्या नै हो : नेपाल टेलिकम 
नेपाल टेलिकमले भने यो प्राविधिक समस्या नै भएको बताएको छ । एक बिज्ञप्ति जारी गर्दै समस्याका कारण केहि कोडहरुबाट रिचार्ज हुन नकसी ग्राहक बर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ । ‘यो समयमा ग्राहक वर्गले देखाउनु भएको धैर्यता र कम्पनीप्रति देखाउनु भएको सद्भाव प्रति आभार व्यक्त गर्दछौं ।’-विज्ञप्तिमा भनिएको छ ।
यस अघि पनि नेपाल टेलिकममा हुने गरेका भ्रष्टाचार सम्बन्धि तथ्य बाहिरिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: