
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालको राष्ट्रगान ‘सयौँ फूलका थुँगा हामी…’ विश्वकै उत्कृष्ट मध्ये एक राष्ट्रगानमा पर्न सफल भएको छ । संगित र गीतमा उत्कृष्ट भावहरु समेटिएको भन्दै यसलाई विश्वकै सुन्न लायक राष्ट्रगानको दर्जा दिइएको हो ।
ब्राजिलमा जारी ओलम्पिक सहभागी देशहरुको राष्ट्रिय गानमध्ये नेपालको राष्ट्रगान उत्कृष्ट १० मध्ये तेश्रो नम्बरमा परेको छ । ‘रिपब्लिक अर डेथ, ट्राभल्स इन सर्च अफ नेशनल एन्थेम’ पुस्तकका लेखक तथा अध्यनकर्ता एलेक्स मार्सलले गरेको अध्ययन नेपालको राष्ट्रगान तेश्रो स्थानमा पर्न सफल भएको हो ।
नेपालको भन्दा अघि रुस र म्यानमारको राष्ट्रिय गान परेका छन् । अन्य उत्कृष्ट १० मा रहेका देशमा चौथो इजरायल ,पाँचौ काजकिस्तान, छैटौं ब्राजिल, सातौ चीन, आठौं मौरितानिया, नवौं कङ्गो र दशौं स्थानमा पराग्वे हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्