×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुस्ता हाम्रो भन्ने नेपालीलाई भारतले लगायो मुद्धा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुस्ता हाम्रो भन्ने नेपालीलाई भारतले लगायो मुद्धा

Artha Sarokar

९ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


पर्वत – भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको विरोध गर्नेविरुद्ध ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो ।

बिहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो ।

आफ्नो भूमि मिचिएर अफ्ठेरोमा परेका सुस्ताबासी नेपाली मुद्दा चलाइएको थाहा पाएपछि त्रसित भएका छन् ।


हडपिएको नेपाली भूमिमा कब्जा जमाइराख्नका लागि भारतीय पक्षाले नेपालीहरूलाई डर त्रास देखाउन मुद्दा चलाएको आरोप सुस्तावासीले लगाएका छन् ।

सुस्ताका २७ वर्षीय प्रभु लोनियाको शव एक महिनाअघि भारतस्थित बगाहाको नौरगिया कटाहा खेतामा शव फेला परेको थियो ।

सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएपछि नेपाली आक्रोशित भएका छन् । मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले बिहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई भुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ ।

  • राजधानी दैनिक

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी