
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर विघटनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुमा जम्मा गरिएको नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा रहेको करिब २२ करोड २३ लाख रुपैयाँ जोखिममा रहेको छ । तर त्यस्ता बैंकहरुको अचल सम्पत्ति रोक्का राखेकोले ती रकम पनि उठ्ने सम्भावना भने रहेको छ ।
गत आर्थिक वर्षसम्म २८ करोड रुपैयाँ जोखिममा रहेकोमा अहिले २२ करोड २३ लाख रुपैयाँ उठाउन बाँकी रहेको नेपाली सेनाले जनाएको छ। सेनाको कल्याणकारी कोषमा अहिले ३३ अर्ब छ करोड रुपैयाँ रहेको पनि उनले जानकारी दिए। एक करोड २४ लाख एक हजार रुपैयाँबाट २०३२ सालमा शुरु भएको कोषमा गत वर्ष भन्दा दुई अर्ब ७१ करोड रुपैयाँले बृद्धि भएको हो।
सेनाले क वर्गको वाणिज्य बैंकमा ३२ अर्ब ६९ करोड, ख वर्गको बैंकमा चार करोड नौ लाख र ग वर्गको फाइनान्स कम्पनीमा ३२ करोड ९९ लाख रुपैयाँ राखेको छ। सेनाले स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा विमा जस्ता कामहरु सञ्चालन गर्दै आएको छ भने जलविद्युत आयोजनामा लगानीका लागि पहल भइरहेको छ ।
ऐनमा भएका नीतिगत समस्याको कारण सेनाले सबै क्षेत्रमा लगानी गर्न सकेपनि प्रर्वद्धकको रुपमा काम गर्न नपाउने प्रावधान रहेको छ । सेनाको कल्याणकारी कोषले सात वटा महाविद्यालय, एउटा विद्यालय र एउटा छात्रावास सञ्चालन गरिरहेको छ। जसमा कल्याणकारी खर्चको ३१ प्रतिशत रकम ६२ करोड सात लाख रुपैयाँ खर्च गर्दै आइरहेको पाइन्छ । गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित भएका सेना र उनका परिवारलाई क्षतिपूर्ति, किरियाखर्च र राहत रकम अन्तर्गत दुई अर्ब ४९ करोड ३४ लाख १७ हजार रुपैयाँ राहत रकम पनि सेनाले वितरण गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्