
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्सेमा १२.६३ अंकको गिरावट आएको छ । ३ दिनपछि खुलेको बजार ०.७३ प्रतिशतले घटेर आइतबार १७२२.४३ बिन्दुमा रोकिएको छ । कारोबारमा आएका समुहगत सूचकमा होटेल्स समुह बाहेक बाँकी अन्य समूह घटेका छन् भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।
आइतबारको कारोबारमा १४२ कम्पनीका १० लाख ३१ हजार बराबर शेयर खरिद बिक्रिबाट ६८ करोड ७७ लाख ५२ हजार ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा हिमालयन जनरल इन्स्योरेन्सको मात्रै ६ करोड ७ लाख बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सोल्टी होटेल्स रहेका छन् ।
साताको पहिलो दिनको कारोबारमा कमाउनेमा हाम्रो विकास बैंक लिमिटेड, सिद्दार्थ डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड, राप्ती भेरी विकास बैंक लिमिटेड, एनएमबी सुलभ फण्ड १ का लगानीकर्ता रहेका छन। गुमाउनेमा मिथिला लघुवित्त विकास बैंक लिमिटेड, बोटलर्स नेपाल (तराई ) लिमिटेड, शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड,किसान माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्