×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा कालोधन ? छानविन समिति खारेज गरेपछि बढ्यो बजार

PRIME CA
GLOBAL IME BANK

सेयर बजारमा कालोधन ? छानविन समिति खारेज गरेपछि बढ्यो बजार

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट


सोभित थपलिया
काठमाडौं – मंगलबार सेयर बजारमा उल्लेख्य प्रगति भएको छ । सोमबार ८८ दशमलव ८१ अंकले घटेर नेप्से परिसुचक १६७५ दशमलव ९१ अंकमा पुगेर रोकिएको थियो ।
मंगलबार कारोर सुरु भएको एक घन्टा ११ मिनेटमा ८४ दशमलव ५१ अंकले बढेर नेप्से परिसुचक १७६० दशमलव ४२ अंकमा पुगेको छ । बजार ५ प्रतिशतभन्दा बढीले उकालो लागेपछि बजार बन्द भएको छ ।
बजार खुलेको ४० मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लागेको थियो । त्यसपछि ३० मिटेनका लागि बन्द भएको बजार पुनः खुल्ने वित्तिकै ५ प्रतिशतले बढेर बन्द भएको हो । ८ दिनदेखि लगातार ओरालो लागोको नेप्से मंगलबार एकै पटक ५ दशमलव शुन्य ४ प्रतिशतले बढेको हो ।
लगातार घट्दै गएको सेयर एकाएक बढनु अस्वभाविक हो । हिजो ८८ अंकले घटेको बजार आज ८४ अंकले बढन कुनै पनि कम्पनीको त्यस्तो उल्लेख्य प्रगति भएको छैन । सेयर विष्लेशक अन्जन राज पौडेल भन्छन, ‘त्यस्तो ठुलो गति भनेको सोमबार नेपाल धितोपत्र बोर्डले जारी गरेको दुई विज्ञप्ति (बोर्डबाट सम्पत्ती शुद्धिकरण छानविन समिति खारेज र लगानीकर्तालाई नआत्तिन धितोपत्र बोर्डको आग्रह) मात्र हो, अरु केही उल्लेख्य प्रगति भएको छैन ।’
धितोपत्र बोर्डले सम्पति शुद्धिकरणका लागि गठित छानविन समिति खारेज गरेलगत्तै बजारमा कालो धनको हालिमुहाली रहेको हो त भन्ने जिज्ञासामा उनले भने, ‘हालिमुहाली नै भन्नचाँही सकिँदैन तर, बजारको प्रकृति हेर्दा हैन पनि भन्न सकिन्न । यसमा कहीँकतै कालोधनको चलखेल छ, यदि थिएन भने विज्ञप्ती आउनासाथ किन यसरी कारोबार बढ्यो त ?’,
उनले प्रश्न गर्दै भने ‘यसका लागि बुधबारको कारोबारमा पुरै समय (चार घण्टा) कारोबार भयो भने बजारको वास्तविका अनुहार थाहा पाउन सकिन्छ । नियमनकारी निकायको आधिकारीक धारणा नआएको भए बजारमा यस्तो उतार चढाव हुने थिएन ।’
विगतमा पनि यस्ता उत्तारचढाव भएका बताउँदै उनले सोमबार र मंगलबार भएको उत्तारचढावलाई कुनै अनपेक्षित प्रगति भन्न नसकिने बताए ।
मंगलबार भएको कारोबारमा सबै समुहका परिसुचक बढेका छन् । कारोबारमा सबै भन्दा बढी बिमा समुहको परिसुचक ५११ दशमलव ३९ अंकले बढेको छ । यस्तै जलविद्युत समुहको परिसुचक १३८ दशमलव ०६, होटल समुहको परिसुचक ११९ दशमलव ०७ अंकले उकालो लागेको छ ।
यस्तै बैंकिङ समुहको परिसुचक ९६ दशमलव ०३, डेभलपमेन्ट बैंक समुहको परिसुचक ४४ दशमलव १,अन्य समुहको परिसुचक १५ दशमलव ०४ र वित्त समुहको परिसुचक १२ दशमलव ६९ अंकले उकालो लागेको छ । ८४ कम्पनीको तीन लाख १० हजार आठ सय ७७ कित्ता सेयर २९ करोड ८३ लाख ३२ हजार सात सय ८५ रुपैयाँको कारोबार भएको छ । -कारोबारबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: