×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार ओर्लियो

PRIME CA
GLOBAL IME BANK

सेयर बजार ओर्लियो

२८ श्रावण २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ–कारोवारका हिसावले साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । ३५ लाख ४४ हजार ७ सय ८४ कित्ता सेयर खरिदबिक्रिवाट एक अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५ सय ७५ रुपैयाँको कारोवार भएको बिहीवार बजार ४.७० अंकले घटेको छ । एक सय ४७ कम्पनीको सेयर कारोवार भएको छ भने बजार १७७४.८७ अंकमा झरेर अडिएको छ ।

 अघिल्लो दिन बजार १९ अंकको वृद्धिसँगै १७७९.५७ अंकमा पुगेको थियो । बिहीवार होटल र बिकास बैंक बाहेक सवै समूहको परिसूचक रातो भएका छन् । आज होटल समूहको सूचक १३.२५ र बिकास बैंक समूह ३.१९ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बैकिङ समूहको सूचक ४.५५, जलविद्युत समूह १३.०९, फाइनान्स समूह १.४८ र बीमा समूह ६२.३९ अंकले घटेका छन् । यस्तै, उत्पादनमुलक समूहको सूचक ६.२८ र अन्य समूह १.१५ अंकले घटेको छ ।

मंगलवार ८४ अंकको वृद्धिसँगै १७६०.४२ अंकमा पुगेर अडिएको बजारले बुधवार पनि निरन्तराता लिएको थियो । तर, आज भने त्यो अवस्था कायमै रहन सकेन । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: