×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निधि दिल्ली पग्नुअघि नै भारतमा रडाको…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निधि दिल्ली पग्नुअघि नै भारतमा रडाको…

Artha Sarokar

३ भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत नउड्दै भारतीय विदेश मन्त्रालयमा निधिको भ्रमणको विषयमा चर्चा सुरु भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा चिसिएको भनिएको भारतसँगको सम्बन्ध निधिको भ्रमणले सुधार हुन्छ या हुँदैन भन्ने विषयमा भारतमा ठूलै बहस छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई निधिलाई भारत भन्दा पहिला चीन पठाएपछि भारतीय संचार माध्यमले प्रचण्ड पनि ओलीकै बाटो हिँडेको टिप्पणी गरिसकेका छन् । तर, ओली सरकारले भारतलाई बाइपास गर्दै चीनतर्फ हात बढाउको बुझ्नेहरुले भने प्रचण्ड सरकारले भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने तर्क गरेका छन् ।
बिहीबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले निधिको भ्रमण भारतको उच्च प्राथमिकतामा रहेको बताए । उनले भारतप्रति नयाँ सरकारको प्राथमिकता बुझ्ने अवसरका रुपमा भ्रमणलाई लिएको बताए ।

निधिले भ्रमणका क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री र अन्य विशिष्ट व्यक्ति तथा राजनीतिज्ञसँग भेट गर्ने भएकाले पनि यसलाई दुवै देशमा चासोका साथ हेरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी