×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमका १० टावर बन्द

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल टेलिकमका १० टावर बन्द

२४ श्रावण २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

बागलुङ – जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ बिद्युत अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित भएका छन् । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु-याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ ।


टेलिकमका सबै सेवा बन्द 
टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द छन् । लघुजलविद्युत् आयोजनामा  निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको छ । तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको जानकारी पाइएको छ । 

कुन ठाउमा कति समय लाग्छ ?
विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएका छन् । बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ । अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ । तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: