
काठमाडौँ – एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी ओलीप्रति तीव्र असन्तुष्टि पोखेका छन् ।
गौतमले भारतसँग दह्रो अडान राखेको र चीनसँग सम्झौता गरेकामा आफूले राजा महेन्द्रसँग तुलना गरेर राष्ट्रवादी भनेको स्मरण गर्दै ओली नजिकका केही ‘अपराधी’ ले आफ्नै सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बनाउन लागिपरेको आरोप लगाएको भन्दै आक्रोश पोखे ।
सरकार जोगाउन आफूले भूमिका खेलेको र प्रचण्डलाई नर्कको बाटो नजान भन्दै अघिल्लोपटक सरकार डाड्न लाग्दा रोकेको दाबी उनले गरे । यसपटक पनि आग्रह गरेको भए चिनियाँ राष्ट्रपछि सी जिनपिङको नेपाल भ्रमणसम्म प्रचण्डलाई भनेर सरकार टिकाइदिने वामदेवको दाबी थियो ।
उनले सरकार टिकाउने आफूले खेलेको भूमिकाका लागि धन्यवादको एक शब्द उल्लेख नगरेकामा ओलीसँग असन्तुष्टि पोख्दै पृथ्वी एक्लै थामेको जस्तो घमण्ड नगर्न समेत चेतावनी दिए ।
‘भारतसामु दह्रो अडान राखेको, चीनसँग सम्झौता गरेकामा मैले राम्रो मान्दै महेन्द्रपछिको राष्ट्रवादी भनेकै हुँ । सरकार जोगाउने काम गरेकै हुँ । तर, धन्यवादको एक शब्द पनि पोख्नुभएन ।
प्रतिवेदनमा केही उल्लेख गर्नुभएन । तैपनि यसमा मेरो गुनासो छैन । तर, यदि भन्नुभएको भए सी जिनपिङ आउञ्जलेसम्म तपाईंको सरकार जोगाइदिने थिएँ ।
प्रचण्डसँग मेरो संगत राम्रो हुनुको मतलब म तपाईंलाई हटाएर उनलाई प्रधानमन्त्री बनाउनतिर लाग्नु हो ? ममाथि यस्तो घटिया आरोप लगाउने अपराधीहरु तपाईं वरपर छन् ।
प्रचण्डलाई नर्कतिर नजानू भनेर फर्काउने मान्छे हुँ म । तर, तपाईंले त सारा पृथ्वी एक्लै थामेको छु जस्तो गर्नुहुन्छ ’, बामदेवले बैठकमा यसरी तीतो पोखे ।
- जनआस्था साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्