Skip to content
LAXMI SUNRISE BANK

अख्तियार प्रमुखको सम्पत्ति विवरण माग्न जादा पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – अख्तियार प्रमुख लोकमानको सम्पत्ति विवरण माग गर्दै अख्तियारको पुगेका सोलिडारिटि फर डाक्टर केसी अलायन्सका अाठ युवा पक्राउ परेका छन् । सम्पत्ति विवरण माग्न गएका शशीविक्रम कार्की, विजयबाबु शिवाकोटी लगायत अाठ जनालाई प्रहरीले पक्राउ गरेको हो। अख्तियारले नयाँ निवेदन समेत दर्ता गर्न नमानेको बताइन्छ ।

अलायन्सका ५५ जनाले १५ दिन अघि सुचनाको हक अन्तर्गत लोकमानको सम्पत्ती विवरण माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनमाथि जवाफ माग्न र नयाँ निवेदन माग गर्दै आइतबार ४० /५० जना यूवा अख्तियार पुगेका थिए। सुचनाको हक अन्तर्गत मागेको सुचना नदिएपछि अलायन्सका युवाहरु अख्तियार विरुद्ध राष्ट्रिय सुचना आयोगमा उजुर दिन जाने भएका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK