×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा फेरि घट्यो पेट्रोलको भाउ, नेपालमा के होला ?

PRIME CA
GLOBAL IME BANK

भारतमा फेरि घट्यो पेट्रोलको भाउ, नेपालमा के होला ?

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाण्डौ – नेपालका लागि पेट्रोलियम आयातको मुख्य गन्तव्य भारतमा पेट्रोल र डिजेलको भाउ फेरि घटेको छ । मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रति लिटर भारु १ र डिजेल भारु २ रुपैयाँले घटेको हो । 

मूल्यमा समायोजनपछि दिल्लीमा पेट्रोल भारु ६१.०९ बाट घटेर ६०.०९ मा झरेको छ । यसैगरी, डिजेलको मूल्य प्रति लिटर भारु २ रुपैयाँले घटेपछि अब ५०.२७ भारुमा कारोबार हुने बताइएको छ ।
अगस्ट महिनामा तेल कम्पनीहरुले भारतमा पेट्रोलियम पदार्थको मूल्यमा गरेको यो दोश्रो मूल्य कटौति हो । तेल कम्पनीहरुले जुलाईमा पनि दुईपटक पेट्रोल र डिजेलको मूल्य समायोजन गरेका थिए ।  
इण्डिय आयल कर्पोरेसन(आइओसी)ले कच्चा तेलको मूल्यमा देखिएको गिरावट र डलरसँग भारु मजबुत बन्दै गएपछि पेट्रोल र डिजेलको भाउ घटेको स्पष्ट पारेको छ । 
नेपालमा के होला ?
नेपाल आयल निगमले पेट्रोल र डिजेलको स्वचालित मूल्य प्रणाली लागू गरेको छ । यसको अर्थ नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ आयात गरिने देश(भारत)मा मूल्य घट्ने बित्तिकै नेपालमा पनि घट्नुपर्ने हुन्छ । तर नेपाल आयल निगमले १५ दिनको अवधिमा मूल्य समायोजन गर्दैन ।

हरेक अंग्रेजी तारिखको अन्तिम दिनको भारतीय बजारको उतारचढाव र त्यसको आधारमा आइओसीले पठाउने मूल्य सूचिका आधारमा निगमले यहाँको पेट्रोलियम मूल्यमा समायोजन गर्ने गरेको छ । यो हिसाबले अगस्टको अन्तिम सातामा हुने भारतीय बजारको घटबढले मात्र यहाँको मूल्यमा तलमाथि हुनसक्ने आयल निगमका एक अधिकारीले बताए । 

  • बिज़शाला डट कम बाट 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: