
- अर्थ सरोकार सम्बाददाता
मलेखु – नापभन्दा कम पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले बेनिघाटस्थित सदाज्योति आयल स्टोरमा सिलबन्दी गरेको छ । उजुरी र जनगुनासोपछि जिल्लाका चारवटा पेट्रोल पम्पमा नापतौल विभाग र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा जोगिमारास्थित त्रिशूलधारी आयल स्टोरमा रहेको तीनवटा मेसिनमध्ये दुईवटा सिलबन्दी गरेको छ । धादिङबेसीमा रहेको भैरवी पेट्रोल पम्प र गङ्गासागर पेट्रोल पम्पको समेत अनुगमन गरेको छ ।
राजमार्गका पम्पमा मिसावट हुने, तेल थोरै मात्रामा दिने गरी उपभोक्तालाई ठगी गरिरहेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको हो । ठगी गरेको प्रमाणित भए त्यस्तो गर्ने पम्पलाई आपूर्तिमा रोक्का गर्ने, कसुर अनुसारको जरिवाना वा दुवै किसिमको कारबाही हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्