×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिप्पणी : पिके फिल्मको कहानी जस्तै नेपालको कर व्यवस्था !

PRIME CA
GLOBAL IME BANK

टिप्पणी : पिके फिल्मको कहानी जस्तै नेपालको कर व्यवस्था !

२५ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट




  • ट्याक्सपर्ट 


    तपाईंहरुले हिन्दि चलचित्र PK त पक्कै हेर्नुभएको होला । आज त्यो फिल्मको एउटा सिनको तपाईंहरुलाई सम्झाउन मन लाग्यो । 

      अमिर खानले देउताले काम गरेनन भनेर चढाएको पैसा फिर्ता लिन खोज्दा पुजारीले देख्छ र उसमाथि कुटपिट गर्न थाल्छ । त्यो कुटपिट बाट बचाउन हिरोइनले आफ्नो पर्स हल्दिन्छे । त्यसपछि, पुजारीले त्यो पर्स निकालेर पैसा त्यहि भाडोमा हाल्छ र, रिसाउदै खाली पर्स मात्र फिर्ता गर्छ। 

        नेपालको कर प्रणाली पनि त्यस्तै छ । जसरि होस् पैसा उठाउ, जम्मा गरिहाल । मान्छेलाइ कानुन बनाएर नियमसंगत तरिकाले कर उठाउनु जरुरि छैन, नजिक आउनेबाट उठाइहाल्ने, टाढा हुनेलाइ मतलब नगर्ने । एकपल्ट कर उठाइसके पछी, कानुनले अधिकार दिए पनि फिर्ता पाउने अनुभब सपनामा मात्र छ ।  

          कर तिर्न आउने लाइ पनि राम्रो ब्यबहार गरिदैन । फिल्मको हिरोइनबाट पैसा लिएपनि उसलाई पुजारीले उल्टै गालि गरे जस्तै यहाँ वेबसाइटले काम गरेन भनेर कम्प्लेन गर्नेलाई उल्टै गालि गरिन्छ, यत्रो दिन के हेरेर बसेको थिइस भनेर । कर उठाउने “भाँडो” एउटा वेबसाइट पनि ब्यबस्थित गर्न सकेको छैन | अरु के ब्यबस्थित होला ? तपाइँहरु नै अनुमान गर्नुहोस न ।  कतै यसरि जरिवाना उठाएर टार्गेट रकम पुर्याउने उद्देश्य त हैन ?

            हामी करदाता पनि फिल्मको हिरोइन जस्तै चुपचाप सबै कुरा सहेर बसेका छौ, बिना सित्तिमा पुजारीले नचढाएको पैसा जबर्जस्ति लगेजस्तो गरि हाम्रो पैसा कर कार्यालयले लग्दा पनि अपराधि जस्तै गरि नि:शब्द छौ ।  जे भने पनि शिरोपर गरेर सहेर बसेका छौ । हाम्रो अधिकार कता छ? कसैलाई थाहा छ ? जय करप्रणाली ! 

              ‪#‎TAXpert‬ को फेसबुक पोष्टबाट साभार 

              Hamro Parto AD
              NMB BANK
              TRITON COLLEGE

              प्रतिक्रिया दिनुहोस्

              सिफारिस: