×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के प्रचण्डले देशमा सिष्टम स्थापित गर्छन त ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

के प्रचण्डले देशमा सिष्टम स्थापित गर्छन त ?

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरका सामाजिक अगुवाहरुले भेट गरेका छन् । अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा उत्पीडितहरुले पहिचान र अधिकारको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे  । भेटमा प्रधानमन्त्रीले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि चुनौतिपूर्ण अवसर भएको बताए ।

 प्रधानमन्त्रीले भने, ‘गम्भीर चुनौति पक्कै छन् । दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हाल्दा केही चुनौतिको सामना गर्ने संकल्पसहित आएको छु । संविधान संशोधन र कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र बेथितिको अन्त्य गरेर देशमा सिष्टम स्थापित गर्न यहाँहरुको सहयोग चाहिन्छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: