×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री दाहाल भदौमै भारत

GLOBAL IME BANK

प्रधानमन्त्री दाहाल भदौमै भारत

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौको अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् । दाहालको विशेष दूतका रुपमा भारत गएका उपप्रधानमन्त्री विमलेन्द्र निधीले भ्रमणको मिति तय गरेका हुन् । भदौको अन्तिम साता प्रधानमन्त्रीज्युले भारत भ्रमण गर्नुहुनेछ, निधिले भने ३१ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको मितिसम्म तयार भइसकेको छ ।
दाहालले भ्रमणपछि भारतीय राष्टपति डा.प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने भएका छन् । मुखर्जीको भ्रमणपछि नेपालकी राष्टपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गर्ने भएकी छिन् । तीन दिनअघि भारत पुगेका गृहमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिवार भेट गरेका थिए ।
उनले १५ मिनेट मोदीसँग छुट्टै भेट पनि गरेका थिए । ३० मिनेट सामुहिक भेट गरेका निधिले १५ मिनेट गोप्य भेट गरेका थिए । निधिले भारतीय राष्टपति मुखर्जी, विदेशमन्त्री सुष्म स्वराज, गृहमन्त्री राजनाथ सिंहसँग भेट गरिसकेका छन् ।
प्रधामन्त्रीको सपथ लिए लगतै दाहालले छिमेकी दुई देशमा विशेष दूत पठाएका थिए । उनका दूत निधि सफल भएपनि चीन पुगेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने असफल भएका छन् । चीनले दाहाल नेतृत्वको सरकारलाई शकाको घेरमा हेरेको छ भने महरालाई विश्वास गर्न नसकेको परराष्टविद्हरु बताउन थालेका छन् ।
  • एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: