×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महङ्गी र कालोबजारी रोक्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महङ्गी र कालोबजारी रोक्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए

Artha Sarokar

२६ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बालुवाटारमा भएको रिपोटर्स् क्लवका प्रतिनिधिसँगको कुराकानीमा महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
उनले भने ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारी समेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ । मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु ।’

प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेकोजानकारी दिए ।
यसका साथै उनले भने ‘विगतका तीता–मीठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममुखी काम गर्नेछु । आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिनेछु ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी