×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको संविधान संशोधनको पत्रले संसदमा हंगामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रचण्डको संविधान संशोधनको पत्रले संसदमा हंगामा

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – अनुशासन सिकाउने तर आफैले अनुशासन पालना नगरे के हुन्छ ? यस्तै चर्तिकला राजनीतिक दलहरुमा देखिदै आएको हो । हिजो प्रतिपक्षमा रहँदा भुकम्प पीडितका लागि पहिलो किस्ता वापत नै डेढ लाख रुपैंया दिनुपर्नै अडान राख्दै संसद अवरुद्ध पार्ने कांग्रेसको चरित्र प्रति संसदमा बोल्दै सांसदहरुले प्रश्न उठाएका हुन ।

‘सत्ताबाहिर हुँदा संसद भवन अवरुद्ध पार्ने सरकारमा पुगेपछि निउरे मुन्टो ‘न’ लगाएर हिड्ने’ भन्दै एमाले नेता यज्ञराज सुनुवारले जवाफ फर्काएका छन् ।

गत भदौ २ गते विहीवार प्रधानमन्त्रीका विशेष दूतका रुपमा नयाँदिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि स्वदेश फिर्र्ता नहुँदै उनको पार्टी बारे संसदमा चर्चा सुरु हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन हुन्छ भन्दै पठाएको पत्रमा व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा एमाले लगायत अन्य दलका नेताहरुले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रमा संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउने भनेर पत्राचार गरेको उल्लेख छ । यस्तो पत्रचार गरेर काट्नुलाई राष्ट्रिय लज्जाको विषय रहेको भन्दै एमाले सांसद यज्ञराज सुनुवारले आइतबार बसेको संसदको बैठकमा आवाज उठाएका थिए । त्यस्तै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि यसबारे राष्ट्रियताको दृष्टिले चिन्ताजनका भएको बताए ।

हिजोको दिनमा संसद भवनमा भूकम्प पीडितहरुका लागि पहिलो किस्ता दिन ढिला गरेको र पहिलो किस्तामा डेढ लाख दिनुपर्छ भन्ने कागं्रेसले आज यस्तो प्रवृत्ति देखाएर हिडिरहेको आज भूकम्प पीडितहरुले नियालिरहेको एमाले सांसद रामहरि सुवेदी र यज्ञराज सुनुवारले बताएका छन् ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: