×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस र माओवादीवीच राज्य पुनर्संरचनामा छलफल हुँदै

GLOBAL IME BANK

कांग्रेस र माओवादीवीच राज्य पुनर्संरचनामा छलफल हुँदै

२६ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – राज्य पुर्नंरचनाका विषयमा छलफल गर्न नेपाली कांग्रेस र माओवादी केन्द्रवीच आज छलफल हुँदैछ । सिंहदरबारमा दिउँसो दुई बजेपछि हुने छलफलमा राज्य पुनर्संरचनामा कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श हुनेछ । स्थानीय निकायको पुनर्संरचना गर्ने तयारी भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रले सो विषयमा छलफल गर्न लागेका हुन् ।

स्थानीय निकायको संख्या घटाउन नहुने पक्षमा यी दुई दल रहेका छन् । आगामी मंसिरदेखि चैत महिनाभित्र स्थानीय निकायको चुनाव गर्ने तयारीमा रहेका कांग्रेस र माओवादी केन्द्रले विज्ञको सुझावका आधारमा अगाडि बढ्ने छन् ।

आजको बैठकमा उनीहरूले स्थानीय निकायको पुनर्संरचनामा कसरी अगाडि बढ्ने भनेर विज्ञहरूको धारणा सुन्न विज्ञहरूलाई बोलाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: