
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट सुचना तथा सञ्चारमन्त्रीमा सपथ लिएका नेता राम कार्कीकी पत्नी भने भारत सरकारको उच्च तहको कर्मचारी छिन् । पत्नी भारत सरकारकी कर्मचारी, पति नेपाल सरकारको मन्त्री बन्ने सौभाग्य राम कार्कीले पाए ।
सिक्किममा रहँदा त्यहाँका मुख्य मन्त्री पवन चाम्लिङसँग अति निकट भएर काम गरेका उनलाइ चाम्लिङले नै राजनीतिमा स्थापित र भारतीय लविमा पारे । त्यही लविका कारण प्रभु साहलाई विस्थापित गरि मन्त्री बनेको आरोप माओवादी केन्द्रभित्रै लाग्न थालेको छ । चाम्लिङको उनले सिक्किममा आर्थिक कारोवार समेत समाल्ने गरेका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएपनि भारतले एग्रिमो नदिएका कारण राजदूत बन्न सकेनन् । कार्की नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय भएपनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्