
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – गएराती चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंको बस मङ्गलबार साँझ पृथ्वी राजमार्गको चितवन फिस्लिङमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा जुगुम गाविस–८ गुल्मीकी २२ वर्षीया मञ्जु गौतम र उनका १० महिनाका छोरा संयोग गौतम रहेका छन् । अन्य दुईको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सनाखत भएका आमाछोराको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य दुईको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्