
रोहन शर्मा । शेयर बजारमा सुनिरहिने एउटा नाम । फेसबुकमा ‘रोहन’ शर्मा’ को परिचयबाट शेयर बजारका विश्लेषणहरु पोष्ट गरिरहेका उनी खासमा को हुन्, कहाँ बस्छन्, थोरैलाई मात्र थाहा होला । तर नेपाली शेयर बजारकाबारे सटिक विश्लेषण गर्छन् उनी । खासमा सत्य यहि हो, उनको फेसबुक स्ट्याटस हेरेरै शेयर बजारमा लगानी गर्नेहरु पनि छन् । उनले फेसबुकको इन्ट्रोमा लेखेका छन्, ‘नेपालको शेयर बजारमा लगानी गरेर जीवन गुजारा गरिरहेको एउटा युवा !’
विशेषगरी शेयर बजारमा लगानी गरिरहेको पछिल्लो पुस्ताकाका लागि उनी गुरुनै सावित भएका छन् । कतिपयले त उनलाई फेसबुकमै लगानी कुनमा गर्ने भन्नेबारे पनि सोधीरहेका हुन्छन् । उनी आफुले जानेको जवाफ पनि नहिच्किचाई दिन्छन् । उनी सानालगानी कर्ता हुन् वा ठूला भन्नेपनि धेरैलाई थाहा छैन । तर उनका कतिपय फेसबुक स्ट्याटसहरुले यो अनुमान लगाउनेहरु पनि छन् । ‘बजारबाट एक जुनीमापनि नहुने कमाइ भयो’ कुनैबेला उनले लेखेको यो स्ट्याटसले उनी ठुलै लगानीकर्ता हुन् भन्ने अड्कल काट्नेहरु पनि छन् ।
उनको वास्तविक परिचय बारे थुप्रै अफवाहरु पनि छन् बजारमा । उनी र पुष्प बराल एकै व्यक्ति हुन् भन्ने फेसबुके जमात पनि छ । कुनैबेला उनले यसबारे पनि आफ्नो धारणा फेसबुकमा ब्यक्त गरेका थिए।
शेयरसम्बन्धि बहस हुने फुसबुक ग्रुपमा उनी हिरो नै हुन् भन्दा पनि फरक पर्दैन । बजारका नकारात्मक पक्षलाई प्रहार गर्ने, आफुले जानेको विषय शेयर गर्ने उनको बानीले धेरै लगानीकर्ताहरु उनलाई गुरु मान्नेहरु धेरै छन् ।
मिडिया फलो गर्छ उनलाई
शेयर बजारमा के भयो भन्ने कुरा समाचार लेख्ने पत्रकारहरुको जामातमा यस्ता पत्रकारहरु पनि छन् जो रोहन शर्माले फेसबुकमा के लेखे भन्ने कुराको बढी चासो राक्छन् । कतिपय लोकल पत्रिकाहरुले त उनको स्ट्याटसलाइ सम्पादकीय भनेर चोर काम समेत गर्ने गरेका छन् ।
अर्थ सरोकार डटकममा पनि त्यस्तै भयो एक दिन । ‘रोहन शर्माको फेसबुक स्ट्याटसलाइ राख्ने गरी एउटा स्त्तम्भ नै बनाउने कुरा हुँदा सम्पादकीय बैठकमा खुब चर्चा चल्यो उनको । सहकर्मी बिनिता पौडेलले ‘खास को हुन् रोहन शर्मा ?’ भनेर सोध्दा कसैसंग उत्तर थिएन । थाहा थियो त बस् उनको विचारनै उनको परिचय हो । र पाठक व्यक्ति होइन विचार पढ्न अनलाइन खोल्छन् भन्ने हाम्रो स्पष्ट धारणा छ ।
उनलाई लागेको आरोपमा उनको प्रतिक्रिया
कतिपयले उनलाई नक्कली फेसबुक एकाउन्ट बनाएर फेसबुकमा जान्ने हुने गरेको समेत आरोप लगाएका छन् । आफुलाई आर्थिक पत्रकारितामा ठुलै सम्झिनेहरुले पनि यस्तो आरोप लगाउने गरेका छन् । जवाफमा रोहन शर्मा लेख्छन्, ‘ म कसैको ईन्ट्रेष्ट मा चल्दिन , म बजारमा हौवा फिंजाएर साना लगानीकर्ता फसाउँदिन्, मेरो कारणले अहिलेसम्म कोही डुबेको छ भने भन्नुहोस्, एउटा कुरा गर्वका साथ भन्छु सेयर बजारको सन्दर्भमा रोहन शर्मा नेपालको सबै मिडिया भन्दा एक कदम अगाडीनै छ। रोहन शर्मा को हो भन्दा पनि रोहन शर्माले बजारको लागी के योगदान दियो त्यो हेर्नुहोस् । तपाईंहरुले बजारको लागी अहिले सम्म के योगदान दिनुभयो? खाली अवसर मात्र खोज्नु हुन्छ। एउटा कुरा चाहिं मित्रले ठिक भन्नु भयो, चित्त नबुझे टन्टै साफ ! मनमा तुस राखेर किन सम्पर्कमा रहनु ? चित्त नबुझ्नेहरुले बाई बाई गर्दा हुन्छ। म पनि तपाईंलाई चिन्दिन।अपरिचित मित्रलाई बाई बाई…लौ टन्टै साफ!
उनलाई लक्षित गर्दै मेरो लगानी डटकमका सम्पादक तिलक कोइरालाले फेसबुकमा यस्तो स्ट्याटस लेखेका थिए:
शेयर बजारका लगानीकर्ताहरुले नक्कली नाम भएका, प्रत्यक्ष रुपमा नचिनेका र शंकाष्पद पोष्ट गर्नेहरुलाई सामाजिक संजालमा साथी बनाउँदै नबनाऔ, साथी बनाईएका छन् भने पनि तत्कालै हटाऔ किनभने यस्ता छदमभेषी ब्यक्तिहरुले सामाजिक संजालको दुरुपयोग गरी नयाँ र सोझा लगानीकर्ताहरुमा भ्रम फैलाईरहेका छन् । सामाजिक संजालमा समूह बनाएर बिभिन्न पोष्टहरु गरिरहेका तिनीहरु फलानो शेयरको भाऊ यहाँ पुग्छ, उहाँ पुग्छ, किनिहाल्नुस भन्दै निकै गोप्य सूचना आफुले थाहा पाएको धाक लाउँछन् ।
अहिलेको दुनियाँमा कुनै सूचना र ज्ञान गोप्य छैन तर तिनीहरु आफुलाई शेयर गुरु नै मानेर शेयर बजारका बारेमा नानाभाँती भ्रम छर्दैछन् जसलाई आफ्नै हालत एकछिनमा के हुने हो थाहा छैन । एक चल्तीका शेयर गुरुको बारेमा मैले एक चिरपरिचित लगानीकर्तालाई सोधें-उ को हो, तपाईको फेसबुक साथी रहेछ नि । उनले उल्टै मलाई पो प्रश्न गर्दै भने- लौ न त्यो मान्छे को हो पत्ता लगाईदिनु पर्यो । उनी भन्दै थिए- सबै कुरा छिनको छिनमा थाहा पाएको जसरी लेख्छ, देखेको छैन, फोनमा कुरा भएको छैन, सक्कली नाम पनि के हो थाहा छैन । मैले भने – त्यस्तालाई तत्कालै अनफ्रेण्ड गरिहाल्नुस, टण्टै साफ ।
फ्री अफ कष्ट सुबिधा
एक आर्थिक पोर्टलका सम्पादकको स्ट्याटसपछी हामीले उनलाई यसबारे सोध्दा उनी भन्छन्, तपाइंको परिचयबारे अनेकथरि विश्लेषण छ नि ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘म आफ्नो बिचार पोख्छु तर त्यसको लागि म कुनै कम्पनीमा बिज्ञापन माग्न जान्न । मेरा सबै गतिबिधीहरु FREE OF COST नै हुन्छन् । यस्तो दोहोरो चरित्रधारी सँग साबधान । प्रोफाईल पिक्चरमा कपालमा चमेली को तेल लगाएर मुख चिटिक्क पारेर बारम्बार प्रोफाईल पिक्चर फेरीरहनेहरुले चाँही सधैं सहि नै कुरा गर्छन् भन्ने छ र ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्