
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ -सोमबार साँझ काठमाडौंको मध्यबानेश्वरमा फिल्म निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार भएको छ । मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी स्कुल अगाडि रहेको सेन्टर क्याफे बाहिर बसिरहेका रोजलाई अपरिचित समूहले खुकरी हानेको जानकारी प्रहरी द्वारा प्राप्त भएको छ । उनलाई खुकुरी टाउकोमा प्रहार गरिएको भए पनि रोजले छेकेका कारण हातमा गम्भिर चोट लागेको छ ।
तत्कालै बानेश्वरस्थित सिभिल अस्पताल लगिएको भए पनि अहिले ग्रान्डी अस्पतालमा उनको उपचार भइरहेको छ । खुकुरी कसले प्रहार गर्यो भन्ने खुलेको छैन । उनलाई ३ जना व्यक्तिले खुकुरी प्रहार गरेको बुझिएको छ । बाइकमा आएका ३ जनाले उनीमाथि खुकुरी हानेका थिए । घटनास्थलमा ४ वटा तरबार भेटिएको छ ।
अपराध महाशाखा र काठमाण्डौ प्रहरी परिसरले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्