
- शेयर बजार साप्ताहिकमा प्रकाशित
काठमाडौं -उसलेभन्दा कम मुनाफा गरिरहेको कम्पनीको सेयर १५ सय हाराहारी छ । तर, एनबी इन्स्योरेन्सको सेयर अहिले पनिअकितम मूल्यभन्दा त कारोबार भइरहेको छ । अहिले पनि एनबी इन्स्योरेन्सको सयर ९० रुपैयाँ हाराहारीमा नियमित कारावार भइरहेको छ । गतसाता जम्मा एकपटक सो कम्पनीको सेयर ९२ रुपैयाँमा १० कित्ता कारोवार भयो ।
साताभरको कारोवार जोड्ने हो भने पनि कुल कारोवार त्यही १० कित्ता हो । करिब २ वर्ष कारोवार बन्द भएर सुचारु भएको सो कम्पनीको सेयर कारोवार खुल्दा पुरानो दर–रेट अर्थात् ८१ रुपैयाँमा खुलेको थियो । कुनै पनि कम्पनीका शेयर मूल्यको एक कारोवारमा २ प्रतिशत र दिनभरीमा १० प्रतिशतभन्दा बढी बढाउन पाइन्न ।
एनबी इन्स्योरेन्स सञ्चालक समितिले लामो समयपछि कारोवार खुलेको हुनाले त्यसबेलाको नेप्से इन्डेक्सअनुसारको औसत निकालर नयाँ मूल्यमा कारोबार गर्न दिन नेप्सेलाई अनुरोध गरेको थियो । सबाहेक
उसले अर्को विकल्पको रुपमा पहिला कारोवार खुला दर–रेटमा गर्न दिन आग्रह गरेको थियो भने त्यसपछि खुलारुपमा बजारलाई छाडिदिन आग्रह गरेको थियो ।
तर, नेप्सेले यस्तो नियम नभएको भन्दै मानेन । एनबीको मात्र हैन, सिर्जना फाइनान्सको हालत झनै अचम्मको छ । यसैबर्ष ९ करोड खुद नाफामा रहेको सिर्जना फाइनान्सको सेयर मूल्य अझै ७१ रुपैयाँ मात्र छ । अंकित मूल्यभन्दा पनि कम मूल्यमा सेयर कारोवार हुने कुरै भएन ।
एनबी इन्स्योरेन्सका सञ्चालकहरूले यदाकदा १० कित्ता सेयरको कारोबार गरेर बजारमा उपस्थिति जनाइरहे पनि सिर्जनाको त कारोवार नै ठप्प छ । यसै साता सिर्जना फाईनान्स लिमिटेडले आफ्नो सेयर मूल्य बढाइदिन नेपाल स्टक एक्स्चेञ्जसँग आग्रह गरेको छ ।
कम्पनीको सेयर मूल्य अहिले सूचीकृत कम्पनीमध्ये सबैभन्दा कम अर्थात् प्रति कित्ता ७१ रुपैयाँ छ । अहिले नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत दुई सयभन्दा बढी कम्पनीमध्ये सबैभन्दा सस्तो सेयर यहि नै हो । तर, यो अवास्तविक मूल्य हो ।
‘कम्पनीले प्रत्येक वर्ष प्रगति गर्दै गएको, तर सेयरबजारको मूल्य परिमार्जन नगरिएकाले सिर्जनाका लगानीकर्ता सेयरबजारमा कारोवार गन इच्छुक देखिएको छैन नै’ पत्रमा लेखेको छ, ‘सेयर वजारमा यस कम्पनीको कारोवार शून्यको स्थितिमा रहेको छ । सेयर बजारमा कारोबार गराउनको लागि भए पनि नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडले सिजना फाइनान्सकार् सेयर परिमार्जन गर्नुपर्ने देखिन्छ ।’
२०६४ सालमा नेप्सेमा सूचीकृत कम्पनीको हालसम्म सेयर बजारमा नगन्यरुपमा कारोवार हुने गरेको छ । पूर्वाञ्चलको मोरङ, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको कम्पनी सुरुवातदेखि नै मुनाफामा छ । कम्पनीले २०७३ असार मसान्तको वित्तीय विवरणलाई उद्धृत गर्दै प्रतिसेयर नेटवर्थ १७९.८४ हुन आउने जनाएको छ ।
कम्पनीको चक्ता पूंजी २० करोड १६ लाख रुपैयाँ छ भने सेयर प्रिमियम एक करोड, जगेडा कोष दुई करोड ६३ लाख रुपैयाँ ८० हजार, सञ्चित नाफा ३ करोड ४८ लाख र नाफा ८ करोड ९६ लाख रुपैयाँ छ । कम्पनीले सेयर मूल्य बढाउन केही दलिलहरू पनि दिएको छ ।
उसले सेयर मुल्य परिमार्जन गर्दा नेटवर्थको न्यूनतम तीन गुणा (रु. ५४०) देखि पाँच गुणा (रु. ९००) सम्म कायम गर्ने प्रचलन रहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्