- अर्थ सरोकार सम्बाददाता
सुन्दरीजल । पर्यटकका लागि निकै नै मनमोहक ठाउँ । तर त्यहाँका स्थानीयहरुको दुःख बेग्लै छ । लामो बाटो हिडेर स्कुल पुग्ने केटाकेटी हुन वा २ छाक टार्नका लागि काम गर्नेहरु, दुःखका बाबजुत सबैको बेग्लै सपना छन। अन्धकार चिरेर उज्यालो छाउने सपना । अरुको रमाइलो हिडाइ यिनीहरुको दिनचर्या हो । भर्खरका स्कूल केटाकेटीहरुका उकाला ओरालाका कथाहरु बेग्लै छन । यी तीनै कालिका सपनाका प्रतिविम्व हुन ।