- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मलेशियामा ९ लाख लिटर डिजेल बोकेको एउटा समुन्द्री जहाज अपहरणमा परेको छ । मलेसियाको तान्जुङ पल्पासबाट ९ लाख लिटर डिजेल भरेर आउदै गरेको जहाजलाई अपहरण गरेर इन्डोनेसियाली क्षेत्र तर्फ लगिएको त्यहाको अधिकारीले बताएका छन् ।
जहाज करिब ४ लाख अमेरिकी डलर बराबरको रहेको बताइएको छ । अपहरणको हालसम्म कसैले जिम्मा लिएको छैन् । जहाजमा भएको तेलको मूल्य ६ लाख १० हजार अमेरिकी डलर रहेको बताईएको छ ।