
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नयाँ सरकार गठनसंगै भूकम्प पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) सुशील ज्ञवालीलाई हटाउने तयारी गरेको छ ।
प्रधानमन्त्रीले अर्हाएको काम समयमै गर्न आनाकानी गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेशमा उनलाई हटाउन लागिएको बताइएको छ ।
प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै दिन गत २० साउनमा र सचिवहरुको सामूहिक बैठकमा २३ साउनमा आफूले घोषणा गरेको समयमा पीडितलाई रकम निकासा गराउन निर्देशन दिएका थिए ।
‘प्रधानमन्त्रीज्यूले भूकम्प प्रभावितलाई ४५ दिनभित्र अनुदानको पहिलो किस्ता उपलब्ध गराउन दिनुभएको निर्देशन पालनामा ज्ञवालीले चासो दिनुभएन’, प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले भन्यो, ‘उल्टै आफू अनुकुलका सञ्चार माध्यममा ‘प्रधानमन्त्रीले भन्दैमा पीडितलाई पैसा दिन सकिँदैन’ भन्ने समाचार प्रवाह गर्नमा लाग्नुभयो ।’
उनका अनुसार ज्ञवालीसहित प्राधिकरणका अधिकारीको उक्त रबैयाबाट प्रधानमन्त्री रुष्ट भएका छन् ।
प्रमुख सत्तारुढ घटक काँग्रेसले भने ज्ञवालीको नियुक्ति नै रोक्ने प्रयास गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्