
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिम्रिक एयरलायन्सका मालिक रामेश्वर थापा आफ्नो एयरलायन्सको अनुमतिपत्र साउन ३० गते देखि पर्यटन मन्त्रालयले रद्ध गरिदिएसँगै पर्यटन मन्त्रालयको उडान इजाजतपत्र सम्बन्धी कार्यविधि संसोधनमा चलखेल गरी नवीकरण गर्नै नमिल्ने इजाजतपत्रलाई नवीकरण गराउन खोजिरहेका छन् । उनलाई मन्त्रालयका एकाथरी कर्मचारीहरुले साथ दिएका छन त्यो पनि लाखौंको आर्थिक लाभ लिएर ।
यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी कार्यविधिमा संसोधन गरिदिन र आफूहरुको सेवा संचालनको बाटो खोलिदिन अनुरोध समेत गरिसकेको स्रोतको दावी छ ।
राजधानी काठमाण्डौ र पोखराबाट देशका विभिन्न ४ गन्तव्यमा नियमित दोहोरो उडान भर्दै आएको सिम्रिक एयरलाइन्सको सबै उडान आइतबारदेखि बन्द भए । यो एयरलाइन्सले उडान इजाजतपत्र ४ वर्षे अनुमति नवीकरणमा लापरबाही गरेका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

सिम्रिक एयरलाइन्सले ०६८ बैशाख ३ गते त्यस्तो इजाजतपत्र लिएको थियो । एओसी चाहि १ वर्षका लागि जारी गरिन्छ र प्रत्येक वर्ष नवीकरण हुने चलन छ । तर उक्त एयरलायन्सले आफ्नो नविकरण गर्ने तर्फ कुनै चासो देखाएन । महिनौ बित्दा समेत गैरकानूनी ढंगले इजाजत पत्रको नवीकरण नै नगरी उडान भर्दै आयो । सिम्रिक एयरलाइन्सको उडान इजाजत पत्र नवीकरण हेर्ने सरकारी निकायले रामेश्वर थापासँगको आर्थिक लाभ लिदै कारवाही गर्न सकेका थिएन । यो एयरलाइन्सले दुई जहाजबाट दैनिक ४ वटा माउन्टेन फ्लाइट भर्ने गथ्र्यो ।
प्राधिकरणस्थित एक स्रोतका अनुसार अहिले यही इजाजत सम्बन्धी कार्यविधि सच्याउन मन्त्रालयका कर्मचारीहरु समेत कम्मर कस्सेर लागि परेका छन । स्रोत भन्छ ‘यो इजाजत सम्बन्धी कार्यविधि संशोधन भएमा कुनै आश्चर्य नमाने हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्