Skip to content
LAXMI SUNRISE BANK

तेस्रो सर्किट ब्रेक लागेसंगै आजका लागि कारोबार बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बजार परिसूचक नेप्सेमा तेस्रो पटक सर्किट ब्रेक लागेसंगै आजको  लागि कारोबार बन्द भएको छ । दोस्रो पटक सर्किट ब्रेक लागेपछि बजार १२ बजेर १० मिनेटमा पुन सुचारु भएको थियो । तर त्यसको २ मिनेट पनि नबित्दै बजार ५ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लाग्यो । अघिल्लो दिनको अन्तिम अंकको तुलनामा पाँच प्रतिशतले तलमाथि भएमा बन्द हुने गरेको हो।  सवा घण्टा भित्रै बजार ८४.५१ अंकले बढेर १७६०.४२ बिन्दुमा रोकिएको छ  ।  
यस अघि  आजको कारोबार सुरु भएको २० मिनेट नबित्दै ३ प्रतिशतले बढेपछी बजारमा पहिलो सर्किट ब्रेक लागेको थियो।  त्यसपछि सुरु भएको बजार ६ मिनेटमै ४ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । सोमबारको कारोबारमा डेढ घण्टामा ५ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार  आज मंगलबार भने सो   भन्दा  पनि कम समयमा ५ प्रतिशतले बढ्यो । 
हिजो सोमबार बजार ५ प्रतिशतले घटेपछि नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्ता भ्रममा परेको भन्दै सम्पती शुद्धिकरण सम्बन्धी बिषयमा अध्ययन गर्न गठित समिति नै खारेज गरेको थियो  ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK