×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा

Artha Sarokar

३० श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सेयर बजारमार्फत अवैध सम्पत्ति शुद्धीकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् ।

सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछाडि हटेपछि अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने र सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य प्रभावकारी नभएको आरोपमा नेपाल फेरि कालोसूचीको खतरामा पर्ने भन्दै सम्बद्ध निकायले चासे र चिन्ता जनाएका छन् ।

शेयर बजारमा हुने अवैध सम्पत्ति नियन्त्रणमा बोर्डले जिम्मेवारी पूरा नगरेकाले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा संलग्न निकायहरु बित्तीय जानकारी एकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत तनावमा परेका हुन् ।

नेपालमा हुने सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि यी निकायले काम गर्दै आएका छन् । एकै दिन बजार ५ प्रतिशतले घटेपछि गत सोमबार बोर्डले सेयर बजारमा भएको लगानी स्रोत अध्ययन गर्न गठित समिति नै खारेज गरेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी