Skip to content
LAXMI SUNRISE BANK

सुनकोसी जलविद्युत केन्द्रले केही दिनमै उत्पादन सुरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गत असार २१ गते राति आएको बाढीले क्षति पु¥याएपछि बन्द भएको १०.०५ मेगावाटको सुनकोसी जलविद्युत केन्द्रबाट केही दिनभित्रै उत्पादन सुरु हुने भएको छ।

जुरे पहिराले करोडौँ मूल्य बराबरको भौतिक क्षतिपछि बन्द आयोजनालाई केही महिनाको प्रयासमा तीन टर्वाइनमध्ये दुई वटा चालु गरी सात मेगावाट क्षमताको विद्युत् उत्पादन हुँदै आएको थियो। गत असार २१ मा भोटेकोसीमा आएको बाढीले पुनः क्षति पुर्याई बन्द आयोजनालाई एक सातापछि सञ्चालनमा ल्याइए पनि चार घन्टापछि नै बन्द भएको थियो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK