×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यो सातामा कुन राशिको कति कमाउने योग छ ? (हेर्नुहोस् साप्ताहिक आर्थिक राशिफल)

PRIME CA

यो सातामा कुन राशिको कति कमाउने योग छ ? (हेर्नुहोस् साप्ताहिक आर्थिक राशिफल)

२२ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

मेष : आर्थिक दृष्टिले यो साता लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । 
बृष : समय आफ्नै पक्षमा रहने छ । आफूले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुने वर्ष हो, यो । 
मिथुन : सरकारी कामकाज र राज्यपक्षका काममा सफलता हासिल हुनेछ । वैदेशिक रोजगारीबाट लाभ लिन सकिने छ ।

कर्कट : आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ ।

सिंह : आर्थिक पक्ष सन्तुलित नै रहने छ, मूलधनमा निरन्तर बृद्धि भइ रहने छ । 
कन्या : बन्दव्यापारमा लागेका व्यक्तिले निकै तनाव झेल्नुपर्छ ।
तुला : सरकारी कामकाजमा फाइदा होला । व्यवसाय गर्नेका लागि खासै उचित साता छैन । 
बृश्चिक :  कार्यक्षेत्र, घरपरिवार र आन्तरिक समस्यामा धेरै समय व्यतीत हुनाले उन्नतिप्रगतिमा बाधा पुग्नसक्छ ।
धनु: ननवीन पेसा वा रोजगारीका लागि गरेको प्रयास सफल हुनेछ । देशपरदेशको भ्रमणबाट लाभ नै हुनेछ । कार्यरत कर्मचारीको पदोन्नति र तलबसुविधामा बृद्धि हुने सम्भावना छ ।
मकर :व्यापारीले सरकारी कारोबारबाट लाभ पाउने छन्। वैदेशिक क्षेत्र, आयातनिर्यातका कारोबारबाट उन्नति हुनेछ । 
कुम्भ : आर्थिक पक्ष बलियो बन्नेछ, वित्तीय कारोबारबाट लाभ मिल्नेछ । सँगीसाथी र घरपरिवारका सदस्यहरूले सकेको सहयोग मिल्नेछ ।

मीन : बन्दव्यापार र व्यापारिक प्रतिष्ठानमा पनि केही विवाद र समस्या देखिन सक्छन् । अप्रत्याशित ढंगले खर्चको मात्रा बढ्नसक्छ ।
– कृष्णप्रसाद कोइराला
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: