
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – ‘औपचारिक कार्यक्रममा जानुभन्दा परिणामुखी कामलाई प्राथमिकतामा राखेको छु, अहिले म यसैमा केन्द्रित हुन थालेको छु,’ प्रधानमन्त्री पुष्पकमल दाहालले भने।
प्रधानमन्त्री निवास बालुवाटारमा आफूलाई बधाई तथा शुभकामना दिन गएका सिन्धुलीका टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले वर्तमान सरकारले संविधान संशोधन गरी निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन लागि परेको जानकारी पाईएको छ ।
सचिवालयका अनुसार सो अवसरमा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनमा जाने र यसले देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्ने विश्वाससमेत व्यक्त गरेका थिए।
मित्रराष्ट्र चीन र भारतसित सन्तुलित कूटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताएको सचिवालयले जनाएको छ। हालः उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा चीन र विमलेन्द्र निधि भारत भ्रमणमा छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्