×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

९ बैंक तथा वित्तीय संस्थाको १६ अर्व गायव, कालो धनमा समस्याग्रस्त संस्था किन्ने होडबाजी !

‘नेपाली जनताको डिपोजिट आफ्नो बाबुको सम्पत्ति जस्तै गरी दुरुपयोग गरेका एक विकास बैंक र ८ वटा वित्तिय कम्पनीहरुले १६ अर्व जनताको पैसा गायब बनाएका छन् ।’ राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवी नेपालले केहि समय अघि यस्तो अभिव्यक्ति दिएका थिए । सुन्दा समेत शरीरनै जिरिङ्ग हुने यत्रो जनताको पैसा डुवेको छ । यी पैसा डुवाउने अध्यक्ष, सञ्चालक र सिइओ खुलेआम हिडिरहेका छन् । संस्था राष्ट्र बैंकले समस्याग्रस्त घोषण गरि आफ्नै मातहतमा हेरिरहेको छ । एक- एक पैसा गरी जनताले बर्षौंदेखि राखेको डिपोजिटको १ पैसा पनि अझै प्रतिफल पाएका छैनन्  तर गर्भनर डा नेपाल भनिरहेका छन् १६ अर्व गायव भयो रे यो कस्तो देश हो ? राज्य कहाँ छ ?

समस्याग्रस्त संस्थामाथि विगत लामो समय देखि गोरुले गाई ओगटेजस्तो गरी अगटेर राखेको राष्ट्र बैंक बोल्दैन । चाँडोभन्दा चाँडो निर्णय गर्दैन जनतालाई उत्तर दिदैन । हालै संसदवाट पास भनेको राष्ट्र बैंकको शंसोधित विधेयकवाट अब राष्ट्र बैंक बलियो भएको देखिन्छ । यसले चाडो भन्दा चाडो जनताको पैसा रहेका यि ९ वटा बैंक तथा वित्तिय संस्थाको छिनोफानो गरिनु पर्दछ । एक लगानीकर्ताले भने हामी कहिलेसम्म कुर्ने हो । बदमासी गर्ने माथी कारवाही गर्नुपर्छ हामीलाई प्रतिफल दिनुपर्दछ, बदमासी गर्ने खुलेआम हिड्ने हामी कहिले सम्म प्रतिफल नपाउने ? 
एक कार्यक्रममा गर्भनर डा.चिरञ्जिवी नेपाल भन्दै थिए । अब बैंक ठगी गर्नेहरुका दिन गए । राष्ट्र बैंकले अब सिधै कारवाही गर्ने छ । अदालत जाने दिन गए तपाईहरुले जनताको डिपोजिट आफनै पैसा जस्तो गरी चलाउने दिन पनि गए । उनका यी शब्द सुन्दा कतै जनताको ९ वित्तिय संस्थाको विगत लामो समय देखि हराएको १६ अर्बको प्रतिफल जनताले पाउँछ त यो प्रश्नको उत्तर अब दिने बेला भएको छ । राष्ट्र बैंककै अहिले कर्मचारीको तलब देशका सरकारी कर्मचारीहरुको भन्दा डबल छ । उनीहरुका नातेदार भाई भतिजा आसेपासे प्राइभेट बैंकमा जागिरे छन् । यो सबै बुझेका गर्भनरले अब कसरी बैंक र वित्तीय संस्थालाई जनताको डिपोजिट हराउनवाट रोक्लान यो हेर्न भने बाँकी छ ।
अहिले राष्ट्र बैंकले हस्तक्षेप गरेको ९ वटा बैंक तथा वित्तिय संस्था किन्नेहरुको होडबाजी नै चलेको छ । हस्तक्षेप गरेर राष्ट्र बैंकका कर्मचारीले चलाएका यी ९ वटा संस्थाहरुका पूर्व सिइओ, अक्ष्यक्ष, संचालकहरुलाई धम्काउने कार्य तीनै राष्ट्र बैंक कर्मचारीबाट हुने गरेको एक पूर्व सिइओले बताएका छन् । आफ्नो दुनो सोझ्याउने ती कर्मचारीबाट कसरी जनताको पैसा सुरक्षित हुन्छ ? गर्भनर साव !
समाचार स्रोत भन्दछ– राष्ट्र बैंकले ललितपुर फाइनान्स कम्पनी लि. २०७१ मा चैत्र १६ गते समस्याग्रस्त घोषणा गरि लिएको थियो । अहिले यसको किनबेच गर्ने एउटा गिरोह राष्ट्र बैंकमा छिरेको छ । शशी अग्रवालको एउटा समुहले छोरीको नामवाट विदेशबाट पैसा झिकाई यो फाइनान्स कम्पनी किन्ने तयारी गरेपनि सम्पत्तिको स्रोत नखुलेपछि रोकिएको भेटिएको छ । माडवाडी समुहको कालो धन प्रयोग गरी यो फाइनान्स कम्पनी घुमाउरो पारावाट विक्री गर्न लागिरहेको  राष्ट्र बैंक भेटिएपछि यसका शेयरधनी, डिपोजिटकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गरेका छन् ।
सो समुहले छोरीको नाममा शेयर किन्न लागेपनि हालसम्म सम्पत्तिको श्रोत देखाउन नसक्दा खरिद प्रक्रिया टुंगोमा नपुगेको राष्ट्र बैंक स्रोतको दावी छ । यसरी चोर बाटोवाट आएको पैसाबाट ललितपुर फाइनान्स कम्पनी विक्री भयो भने गर्भनर डा.नेपालको छवी कहाँ पुग्ने हो यो हेर्नै बाकी छ । एक लगानीकर्ताले प्रश्न गरेः– हाम्रो सम्पत्ति हो । हामीले विश्वास गरेका अध्यक्ष र सिइओले ठगी गरे फाइनान्स कम्पनी विग्रियो । पैसा हाम्रो फसेको छ । तर राष्ट्र बैंक कालो धनसँग ललितपुर फाइनान्स साट््दै छ । 
यो हाम्रो लागि सह्य हुन सक्दैन । जे भएपनि जनताको पैसा फिर्ता गर्ने वातावरण राष्ट्र बैंकले सम्पत्ति बेचेर भए पनि गरिनु पर्दछ । कालो धनसँग सेतो धन साट्न पाउदैन कि कसो गर्भनर साब ! वहाँहरुले पहिले स्रोत के देखाउने भन्ने तयारी गरेर नआएको देखिन्छ, तर स्रोत खुलाउँन भने समस्या हुदैन होला ती अधिकारी बताउँछन् । स्रोत देखाउँन गाह्रो नभएको तर त्यसको रेकर्ड नराखिएको हुनसक्ने ती अधिकारीको धारणा छ ।
ती अधिकारीका अनुसार कम्पनीले कर्जा असुलको लागि राष्ट्र बैंकबाट दिएको केही निर्देहन पुरा गर्न नसकेकोले पनि लगानी स्वीकृत हुन नसकेको हो । गर्भनर डा.चिरञ्जिवी नेपाल कै शब्द सापटी लिने हो भने तपाईहरुसँग पैसा छ मर्जर होइन पैसा हाल्नुस् किन हाल्न डराउनदै हुनुहुन्छ त्यो पनि मलाई थाहै छ ।
अख्तियार र सम्पत्ति स्रोत देखाउने डर तपाईहरुलाई छ भनिरहँदा ।  अब कालो धनमा फाइनान्स कम्पनी बेच्ने अधिकार गर्भनर डा. नेपाललाई छ कि छैन ? अर्थमन्त्रीले यसको उत्तर जनतालाई दिने कि नदिने ? 
(राजतिलक साप्ताहिकमा प्रकाशित भुपेन्द्र आचार्यको ब्लग)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: