Skip to content
LAXMI SUNRISE BANK

पितृको श्राद्ध गर्ने पुरोहितको उत्साहजनक कमाई, सोह्र श्राद्धको १६ दिनमा डेढ लाख बढी आम्दानी !

अर्थ सरोकार

  • कृष्णा चौलागाईं / अर्थ सरोकार डटकम 
काठमाडौँ -यतिबेला हिन्दु दर्मावलम्वीहरुले आफ्ना पितृलाई सम्झंदै श्राद्ध गरिरहेका छन् । यहि बेला विशेषगरी काठमाडौँको पशुपतिनाथ लगायत विभिन्न ठाउँमा आफ्ना पितृहरुको श्राद्ध गर्नेहरुको भीडनै लागेको छ । श्राद्ध गराईदिने पुरोहितलाइ त यी १६ दिन भ्याईनभ्याई छ । विहानै पशुपति आउनु र दिउँसो मात्र घर फर्कनु काठमाडौँका धेरै पुरोहितहरुको दिनचर्या भइसकेको छ । 
‘विहान ५ बजे नै पशुपति आउंछु । दिउँसो घर फर्कंदा त्यस्तै २-३ बज्छ ।’ पशुपतिमा भेटिएका केदार न्यौपाने भन्छन्,  ‘यो बेला औसत अरु समयभन्दा निकैनै बढी ब्यस्त भइन्छ ।’ पशुपतिमै भेटिएका अर्का पुरोहित रमणनाथ खकुरेल भन्छन्, ‘हामी पुरोहितका लागि यो व्यस्तनै समय हो । कतिपय जजमानलाइ समेत पशुपतिनै बोलाएको छु । ‘       
यसै क्रममा हामीले पशुपतिमा श्राद्ध गरिरहेकाहरुलाई उनीहरुको कमाइबारे सोधेका थियौं । ‘कोहि कोहिले राम्रै पैसा दिन्छन् । कोहि कोहि काम सकेर पैसानै दिन बिर्सने पनि हुन्छन् ।’ केदार न्यौपाने अगाडी भन्छन्, ‘दिनमा औसत १० जना जजमानको कार्य गरियो भने पनि औसतमा एकजनाले १००० रुपैयाँ दिन्छन् । दिनको १० हजारको दरले गणना गर्ने हो भने १६ दिनमा त्यहि डेढलाखको हाराहारीमा कमाइ हुन्छ । ‘
 पशुपतिमै भेटिएका रमणनाथ खकुरेल भन्छन्, ‘पैसासँगै चामल, फलफूल पनि कमाइनै हो नि !’ उनका अनुसार कतिपय पुरोहितले त श्राद्धमा पाएको चामल बेच्ने समेत गरेका छन् भने कतिपयले घर लैजाने गरेका छन् । पुरोहित खकुरेल अगाडी भन्छन्, ‘१६ दिन जम्मा भएको चामलले दशैं राम्रै बित्छ । कतिले बेच्ने गरेका छन् । मचाहिं घर नै लैजान्छु ।
पशुपतिमा श्राद्ध गर्न बसेका पुरोहितहरुको पनि आ-आफ्नै रेट छ । कतिले सुरुमै पैसा यति लाग्छ समेत भन्ने गरेका छन् भने अधिकांसलेचाहिं इक्षा अनुसार दिनुहोस् भन्ने गरेका छन् । आइतबार पशुपति परिसरमा पुग्दा कतिपय पुरोहितहरुले ग्राहकहरुलाई बोलाइरहेको समेत देखिन्थ्यो भने कतिपय खालीनै बसेका थिए । अझ कतिपय पुरोहितले त सस्तोमै श्राद्ध गरिदिने भन्दै अप्रत्यक्ष रुपमा बिज्ञापन नै गरेको समेत देखिन्थ्यो ।  
यतिबेला सोर्ह श्राद्ध लागेसँगै फलफुलको माग पनि ह्वात्तै बढेको छ । ‘कतिले फलफूल लिएर आउँछन्, कतिपयले नलिइ पनि आउँछन् । ‘ खकुरेल अगाडी भन्छन्, ‘थरी थरीका मान्छे भेटिन्छन् । कतिपयले पूरै श्राद्ध गरेर १०० रुपैयाँ मात्र समेत दिने गरेका छन् ।’ यस्तो त श्राद्ध गर्न बसेका पुरोहितका पनि आ-आफ्नै समस्या छन् । बस्ने ठाउँ राम्रो नपाइने, बेलाबेलामा पैसा माग्न कतिपय युवाहरु आउनेजस्ता समस्यालाइ पशुपति क्षेत्र विकास कोषले खासै ध्यान नदिएको उनीहरुको गुनासो छ ।      
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK