
- अर्थ सरोकार संबाददाता
गोरखा – उत्तरी गोरखाको केरौंजा– ९ मा बिहीबार बिहान पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।
बिही गाविसबाट फर्कँदै गर्दा एक जना बिदेशी स्पेनिस नागरिकसहित गाइड ३५ वर्षका दोर्जे लामा, ३० वर्षका छिरि शेर्पा र क्यान नेपाल नामक संस्थाकी कर्मचारी ओखलढुङ्गाकी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये बस्नेतलाई पहिरोले बुढिगण्डकीमा पुर्याएको र नदीले बगाएर बेपत्ता बनाएको छ। गएरातिदेखि वर्षापछि पहिरो गएको र अहिलेपनि पहिरो बगिरहेकाले तीन जनाको शव निकाल्न सकिएको छैन्।
६ जना पहिरोमा च्यापिएर गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बिदेशी मध्ये एक महिला र तीन जना पुरुष छन् भने अन्य दुई जना क्यान नेपालका कर्मचारी रहेका छन्। उनीहरुको नाम ठेगाना खुलेको छैन्। जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेका अनुसार गम्भीर घाइते सबैलाई फिस्टेल एयेरको हेलिकप्टरले उपचारका लागि काठमाडौं लगेको छ ।
थप उद्दारका लागि प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए । घटनास्थल गोरखा सदरमुकामबाट करिब २२ कोष टाढा पर्छ। प्रहरी युनिट रहेको ठाउँबाट घटनास्थल पुग्न तीन घण्टा समय लाग्ने र त्यहाँ टेलिफोनले काम नगर्ने भएकाले घटनाबारे ढिलो जानकारी आएको उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्