Skip to content
LAXMI SUNRISE BANK

बस दुर्घटना, १० जनाको मृत्यु २० बढी घाइते

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बतदाता 

धादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने  दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय मरिचमान तामाङले जानकारी दिएका छन ।
घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। बसमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK