×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो रहेछ धादिङमा बस दुर्घटना हुनुको कारण (अपडेट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो रहेछ धादिङमा बस दुर्घटना हुनुको कारण (अपडेट)

Artha Sarokar

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धादिङ  – मंगलबार धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टी भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकामबाट करिब ४ घण्टाको दूरीमा रहेको धादिङको उत्तरी क्षेत्र मार्पाकमा भएको दुर्घटनामा करिब २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
घटनास्थलमा पुगेका प्रहरीसँग भएको कुराकानीका आधारमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले पहिरो गएको ठाउँबाट पार गर्ने क्रममा दुर्घटना भएको बताए । पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ ।
उनकाअनुसार घाइतेको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी