Skip to content
LAXMI SUNRISE BANK

कृषिमा आधुनिकीकरण ६करोडको लागतमा प्रधानमन्त्री परियोजना

अर्थ सरोकार

कृषिमा आधुनिकरण  गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ। जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि रू छ करोड बजेट विनियोजन भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए ।
पाँच सय हेक्टर जमिनलाई जोन, सय हेक्टर जमिनलाई ब्लक र १० हेक्टर जमिनलाई पकेट क्षेत्र निर्धारण गरी परियोजना अगाडि बढाइने उनले बताए । अधिकृत थापाका अनुसार यहाँ परियोजनाअन्तर्गत एक जोन, दुई ब्लक र ४५ ओटा पकेट क्षेत्र निर्धारण गरिएका छन् । जोन क्षेत्र धान खेतीका लागि छनोट गरिएको छ  र ब्लक तथा पकेट क्षेत्रमा व्यावसायिक रुपमा हुने बाली, फलफूल र तरकारी खेती गरिनेछ ।
दीर्घकालीन रुपमा सञ्चालन हुने परियोजनामा कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोगकिरा नियन्त्रण लगायतलाई प्राथमिकतामा राखिएको छ । ‘बजेटको अख्तियारी आएपछि परियोजनाका कार्यलाई बढाउने गरी तयारी गरेका छौँ,’ वरिष्ठ कृषि विकास अधिकृत थापाले भने  । परियोजनामा सुदूरपश्चिम क्षेत्रमा कैलालीमा मात्रै गहुँ खेतीका लागि एक हजार हेक्टर क्षेत्रफल जमिन  सुपर जोनमा राखिएको छ । देशभर सञ्चालन हुने परियोजनाका लागि रू। पाँच अर्ब ७८ करोड बजेट विनियोजन भएको बताइएको  छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK