
निजी क्षेत्रका आन्तरिक बायुसेवा कम्पनीहरुको हवाई भदा घट्ने भएको छ। आइतबार बसेको वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको बैठकले आन्तरिक हवाई भाडा न्यूनतम ५३ रुपैयाँदेखि अधिकतम १ सय ९३ रुपैयाँसम्म घटाउने निर्णय गरेको हो।
घटेको नयाँ भाडा दर यात्रुहरुका लागी मंगलबार असोज ४ देखि लागु हुने भएको छ। नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएपछि हवाई भाडा घटाउने निर्णय गरिएको संघले जनाएको छ। दशैँको मुखमा भाडा घटेपछि यात्रुलाई अलिकति भएपनि केहि राहत मिलेको छ।
आयल निगमले गत शुक्रबार मध्यरातबाट लागू हुने गरी ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन) को भाउ प्रतिलिटर ५ रुपैयाँका दरले घटाएर ९४ रुपैयाँमा झारेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका हुन्। उनीहरूले यसअघि गत असार १९ गते पनि हवाई भाडा घटाएका थिए। त्यसबेला न्यूनतम १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँसम्म घटाऊने निर्णय गरिएको थियो।
हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले ‘फ्युल सरचार्ज’ शीर्षकमा थपघट गर्ने गरेको बताइएको छ । यो थपघट मूल्य हवाई टिकटमै जोडिएको हुन्छ जसलाई वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको या बढेको लिन्छन्।
- बिजपाटी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्