
काठमाडौं। विमानस्थलमा मन्त्रीलाई नै रोक लगाएपछि काठमाडौं, ३ असोज । मर्यादा क्रम अनुसार मन्त्रीहरु भिआइपी भित्र पर्दछन् । उनीहरुलाई विमानस्थलमा भिआइपी कक्षमा नै राखिने गरेको छ । तर, आइतबार बेलुका भने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही बेर तनावको अवस्था सृजना भयो । चीन प्रस्थान गर्नका लागि सभामुख ओनसरी घर्ति मगरलाई विदाई गर्न मन्त्रीहरु बेलुका ९ः३० बजे नै विमानस्थल पुगेका थिए । अगाडी नै पुगेका स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई प्रहरीका सहायक निरिक्षकले रोके ।
र ती सहायक निरिक्षकले ‘पास चाहिन्छ’ भनेपछि उनी एक छिन अक्मकिए । मन्त्रीलाई नै पास मागेपछि उनका नीजि सुरक्षा गार्ड पनि जिल्लिए । केही बेरमा आएका अन्य मन्त्रीलाई पास मागे । उनीहरु पास कुर्दै थिए । सभामुख ओनसरी घर्ति र उनका श्रीमान तथा माओवादी नेता वर्षमान पुन अनन्त सुरक्षा घेरामा विमानस्थलको भिआइपी कक्षमा प्रवेश गरे । त्यहाँ मन्त्री नै रोकिएको देखेपछि भने उनी अचमम्मा परे ।
विमानस्थल प्रशासनले विदाइ गर्न जाने मन्त्रीको लागि समेत यस्तो पासको व्यवस्था गरेको देखेपछि पुन कर्मचारी तर्फ झोक्किए । ‘सेनाको विमान पासपोर्ट विर्सेर सुडान पुगेर फर्केको चाल पाउनु हुन्न’ झोँक्किदै पुनले कर्मचारीलाई भने,‘विदाइ गर्न आएको मन्त्रीलाई रोकेर के गर्दै हुनुहुन्छ ?’
नेता पुनको यस्तो प्रश्न पछि कर्मचारीले भने गल्ति भएको बताएका थियो । विमानस्थलका एक कर्मचारीका अनुसार सोमबार देखि नै विमानस्थलमा भिभिआइपीलाई समेत पासको व्यवस्था गरिएको छ । नेपाली सेनाको जहाज पासपोर्ट विना नै सुडान पुगेर फर्केको थाहा भएपछि यस्तो व्यवस्था गरिएको ती कर्मचारीको दाबी छ । यस अघि भने सबै भिअाइपीलार्इ प्रवेश पास बिना नै प्रवेश गराइन्थ्याे ।
- दियो पोस्ट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्