
नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले लडाकु शिविर भ्रष्टाचार प्रकरणमा निस्पक्ष छानविन हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्रीको अख्तियारसँग कुरो मिलिसकेको सुन्नमा आएको भन्दै के कुरा मिलेको हो लडाकुको रकममा भएको भ्रष्टाचारको विषयमा अख्तियारसँग के कुरा मिलेको हो सांसदमा जानकारी गराउन माग गरेका छन् ।
सांसद खतिवडाले लडाकु शिविर भ्रष्टाचार प्रकरणमा निस्पक्ष छानविन हुनुपर्ने उनको धारणा राख्दै प्रधानमन्त्रीले अख्तियारसँग कुरो मिलिसकेको सुन्नमा आएको भन्दै के कुरा मिलेको हो। उनले आफ्नै पार्टीका नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले सार्वजनिक कार्यक्रमबाटै हिन्दी भाषालाई सरकारी भाषा बनाउनेगरी सरकारले संविधान संशोधनको तयारी गरिरहेको बताएका बेला व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले निधिलाई काउन्टर दिँदै हिन्दीलाई कुनै हालतमा राष्ट्रिय भाषा मान्न नसकिने बताए ।
उनले भने– ‘नेपालमा हिन्दी भाषामा राष्ट्रिय भाषा प्रयोग गर्ने अरे,’ ‘कहिले चाइनिज, कहिले फ्रान्स, कहिले रसियन भाषा नेपालमा राष्ट्रिय भाषा हुँदैन् । नेपाली भाषा नै राष्ट्रिय भाषा हुनुपर्छ ।’ नेपाली भाषा बाहेक अन्य भाषलाई कामकाजी भाषा बनाउन आवश्यक नरहेको उनको तर्क थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्