
- अर्थ सरोकार सम्बतदाता
काभ्रेको तिमाल क्षेत्रमा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको सामाजिक संस्था डब्लु डब्लु एस अर्गनाइजेशनले काभ्रेको तीमाल क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउन एम्बुलेन्स उपलब्ध गराएको छ ।
काभ्रेको सदरमुकामबाट करिब ३० किलोमिटर टाढा रहेका जिल्लाका ७ ओटा भन्दा बढी गाविसहरूमा सहयोग पुर्याउने उदेश्यले संस्थाले पोखरी नारायणस्थान गाविसमा रहेको स्वास्थ्य चौकीले सञ्चालन गर्नेगरी एम्बुलेन्स हस्तान्तरण गरेको हो । आज जिल्ला स्वास्थय कार्यालय काभ्रेका निमित्त प्रमुख अनन्तकुमार शर्मा, विशेष अतिथि सत्यमान लामा, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका अधिकृतद्वय जितेन्द्र श्रेष्ठ, विज्ञान लामा, युवा व्यावसायी धावा लामा, पञ्च लामा, डब्लु डब्लु एसका कार्यक्रम निर्देशक शैलेन्द्र लामा, डब्लु डब्लु एसका समिप त्रिपाठी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि सत्य लामाले तीमाल क्षेत्रका शिक्षा र स्वास्थ्य क्षेत्रमा परेका जुनसुकै समस्यालाई समाधान गर्न संस्था तयार रहेको बताउँदै हरेक विद्यालयमा समर हेल्थ क्याम्प सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आएका लामाले विगतमा पनि हेल्थ क्याम्प चलाउँदै आएको स्मरण गर्दै विरामी पर्दा अस्पताल नपाएर धेरै दुःख पाएका तिमालबासीले अब त्यस्तो समस्या भोग्नु नपर्ने बताए ।
एम्बुलेन्स उपलब्ध भएपछि अब स्थानीयहरूले बिरामी पर्दा सदरमुकामबाट एम्बुलेन्स मगाएर वा अन्य गाडी मगाएर अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएकोमा स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । तीमाल क्षेत्रका पोखरी नारायणस्थान ठूलो पर्सेल, कानपूर, कुरुवास चापाखोरी, मेच्छे, सस्र्युखर्क, लगायतका गाविसहरूका स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन एम्बुलेन्सले ठूलो सहयोग गर्ने आशा व्यक्त गरेको समिप त्रिपाठीले बताए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्