×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पाकिस्तानको आणविक हतियारदेखि डर लागेको छ…!’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘पाकिस्तानको आणविक हतियारदेखि डर लागेको छ…!’

Artha Sarokar

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– अमेरिकी राष्ट्रपति निर्वाचनकी उम्मेद्धार हिलारी क्लिन्टनले पाकिस्तानले विकास गरेको परमाणू हतियार र त्यसको दूरुपयोग हुनसक्ने खतराप्रति आफु चिन्तित रहेको बताएकी छन् ।
उनले पाकिस्तानको परमाणू हतियार जिहादीहरुको हातमा पुगे त्यसले दक्षिण एसियामा थप भयाबह स्थिति पैदा हुनसक्ने र त्यसबाट खतरनाक परिदृष्यहरु देखिने सक्ने चेतावनी समेत दिइन् ।
द न्युयोर्क टाइम्सले हिलारी सम्बद्ध डेमोक्रेटिक पार्टीको डाटा राखिएको कम्युप्यटर ह्याक भएर बाहिर आएको एक अडियो क्लिपमा आधारित खबर बाहिर ल्याएको प्रसंगलाई उदृत गर्र्दै भारतीय मिडियाहरुले भनेका छन, हिलारीले भारत र पाकिस्तानले पछिल्लो समयमा विकास गरेका परमाणू हतियार र तिनको कामलाई तिव्रता दिएको बताएकी छन्, तर ती हतियार आत्माघाती समुहको हातमा परेमा त्यसले भयावह स्थिती ल्याइदिन सक्छ ।
हिलारीले यसको व्यवस्थापन गर्नु ठूलो चूनौतीको विषय रहेको समेत स्पष्ट पारेकी छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी