
वाशिंगटन डिसी– अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् । आगामी अक्टोबर १ तारिखदेखि याे व्यवस्था लागु हने भएकाे छ ।
आइतबार गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन ) की प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले उक्त जानकारी दिइन् ।
यसकै अवसरमा उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका हस्तान्तरण समेत गरेकी थिइन् ।
उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परिक्षा दिन पाउने व्यवस्थाको लागि विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी तथा खादाले सम्मान गरिएकाे थियो ।
उनले यो व्यवस्था नेपालीहरुका लागि राम्रो कुरा भएकाे भन्दै सवारी साधन सुरक्षितका साथ कुदाउन समेत आग्रह गरिन् ।
यसै गरी अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर , क्रिस्टिन नाइजर ,मेरिल्याण्ड एमभीए परिवारलाई विशेष आभार प्रकट गरे ।
मेरिल्याण्डमा अन्य भाषाहरुमा सवारी चालक अनुमतिपत्रकाे लिखित दिने व्यवस्था भए पनि नेपाली भाषामा दिन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ ।
- एसियन समाचार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्