
- अर्थ सरोकार सम्बतदाता
विराटनगर – सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री र मन्त्रीहरू गैंडाको छाला जस्तो हुने जिकिर गरेका छन्। प्रधानमन्त्री र मन्त्रीहरुले जनताको कुरा आज सुन्ने भोलि बिर्सने प्रवृत्ति बढ्दै गएको भन्दै उनले विकास निर्माणमा आफूलाई पनि निरन्तर खबरदारी गर्न विराटनगरबासीलाई आग्रह गरेका छन् । ‘मन्त्रीहरु गैंडाको छाला जस्तै हुन्छन्, कहिलेकाहीँ चिमोटेर पनि हुँदैन, घोच्नैपर्छ। म आफू पनि बिर्सन सक्छु कहिलेकाहीं घच्घच्याउँदै गर्नुहोलाु नेपाल प्रेस युनियन मोरङ शाखाले बिहीबार गरेको कार्यक्रममा उनले भने।
कार्यक्रममा मोरङ क्षेत्र नम्बर ५ का सांसद अमृत अर्यालले भौतिक योजना मन्त्री तथा सहरी विकास मन्त्रीलाई विराटनगर भ्रमण गराएर यहाँको वास्तविक विकासको अवस्था बुझाउन खोजेको बताए। उनले भने, ‘विराटनगर धेरै पछि परेको छ, यहाँबाट धेरैजना प्रधानमन्त्री तथा मन्त्रीहरु भए, विकास भएन, यसपटक मन्त्रीज्यूले केही गर्नुहुन्छ भन्ने आशा छ।’
सोही कार्यक्रममा मन्त्रीलाई कटाक्ष गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले मन्त्रीको अनुहार जस्तै विराटनगरलाई पनि राम्रो बनाउन आग्रह गरे। ‘माननीय मन्त्री ज्यूको अनुहार राम्रो छ, तर हाम्रा सहरहरु कुरुप छन्, मन्त्री ज्यू आफ्नो अनुहार जस्तै हाम्रो विराटनगरलाई पनि सुन्दर बनाइदिनुस्।’ पत्रकार तिवारी सम्मानित प्रेस युनियनले वितरण गर्ने रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार अजित तिवारी सम्मानित भएका छन्।
११ हजार १ सय ११ रुपैयाँ राशीको उक्त पुरस्कार प्रेस युनियन मोरङले यसै वर्ष स्थापना गरेको हो। नेपाली कांग्रेसका कार्यकर्ता रमाप्रसादको नाममा उक्त पुरस्कार स्थापना भएको हो। पुरस्कारका लागि २ लाख रुपैयाँको अक्षयकोष निर्माण गरिएको छ। पुरस्कृत तिवारी नागरिक दैनिकको पूर्वेली पृष्ठका स्थानीय सम्पादक हुन्। तिवारीलाई मन्त्री केसीले दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्