×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालबाट १३ बर्षमा भागेका आचार्य बालकृष्ण कसरी भए अर्वपति ?

LAXMI SUNRISE BANK

नेपालबाट १३ बर्षमा भागेका आचार्य बालकृष्ण कसरी भए अर्वपति ?

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाण्डौ – तेह्र वर्षको उमेरमा नेपालको स्याङ्जाबाट भागेर भारत पुगेका आचार्य बालकृष्ण सुवेदी फोब्र्स पत्रिकाको अर्बपति सूचिमा परेका छन् । बाबा रामदेवका चेलाका रुपमा चिनिएका उनी अर्वपतिको सूचीमा परेका हुन्  ।  

फोब्र्सबाट जारी १ सय धनी भारतीयहरुको लिस्टमा ४८ औं स्थानमा पर्न सफल आचार्य भारतमा जन्मेको भएपनि उनको बाल्यकाल नेपालमै बितेको थियो । 
बालकृष्ण जन्मिएको तीन महिनापछि उनका परिवार उनलाई लिएर नोकरी क्षेत्रबाट फर्किएर स्याङ्जा आएका थिए । बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए । १३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागी सुरुमा नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे र पछि उनले हरिद्वारमै आयुर्वेदमा विज्ञता हासिल गरे । त्यसपछि बालकृष्ण सुवेदी आयुर्वेद शिरोमणि आचार्य बालकृष्णका रुपमा उदाउन सफल भए । 
बालकृष्ण बाबा र रामदेव मिलेर पतञ्जली आयुर्वेदलाई सन् २००६ मा सुरु गरेका थिए । यो कम्पनीमा बालकृष्णको सेयर होल्डिङ्स ९७ प्रतिशत रहेको छ भने  रामदेवको कम्पनीमा कुनै सेयर छैन । कम्पनीको सम्पूर्ण संचालन तथा व्यवस्थापनको नेतृत्व पनि आचार्य बालकृष्णले नै गर्दै आएका छन् । उनको पतञ्जली आयुर्वेद कम्पनीले हरेक वर्ष ७८० मिलियन डलरको कारोबार गर्दछ ।
पतञ्जलीले विश्वविद्यालय, योग तथा आयुर्वेद रिसर्च इन्स्टीच्यूट पनि संचालन गरेको छ । पतञ्जली आयुर्वेदका विदेशमा ५ हजार ठाउँमा आयुर्वेद क्लिनिकका साथै टूथपेष्ट, कस्मेटिक्स आइटम, नूडल्सदेखि जामसम्म बिक्री गर्दै आएको छ । हालै यो कम्पनीले १ सय भन्दा बढी प्रकारका पूजासामाग्री र गार्मेन्ट समेत उत्पादन गर्ने सार्वजनिक घोषणा गरिसकेको छ । पतञ्जलीको पूजा सामाग्रीको उत्पादन आगामी तिहारबाट बजारमा आउने तयारी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी